गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २८ असार । संसद पुनरस्थापनाको निर्णय गरेर सर्वाेच्चले दोस्रो पटक लोकतन्त्रको रक्षा गरेको सासंदहरुले प्रतिकृया दिएका छन् । गत जेष्ठ ७ गते दोस्रो पटक भएको संसद विघटन आज फेरी सर्वोच्च अदालतले पुनरस्थापना गरेर नेपाली काँग्रेसका सभापति शेरवहादुर देवाउवालई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि सासंदहरुले सर्वोच्चले दोस्रो पटक लोकतन्त्रको रक्षा गरेको प्रतिकृया दिएका हुन् ।
प्रधानमन्त्री केपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले जेठ ७ गते दोस्रो पटक विघठन गरेको संसद सर्वाेच्चअदालतले सोमवार बदर गरेपछि संसद र सांसदको पुर्नागमनभएको छ ।
धेरै दबाब र प्रभाव पार्न खोजेपनि आफ्नो विचार र लक्ष्य प्रतिचट्टानी अडान कायम राख्नुको फल प्राप्त गरेको पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदिप यादवले बताए । उनले भने, ‘सरकारको नेतृत्वकर्ताले अन्याय गरेपनि सर्वाेच्चले न्याय दिनेमा म विश्वस्त थिँए, र भयो पनि त्यस्तै । सर्वाेच्चले संसदलाई मात्रै नभएर पौने ३ करोड नेपाली जनतालाई न्यायदिएको छ । यसर्थ निष्पक्ष रुपमा निर्णय गर्ने सम्पूर्ण न्यायमूर्तीहरु धन्यवादको पात्र हुनुहुन्छ ।’ यादवले थपे, ‘प्रभावमापार्न विभिन्नप्रपञ्चहरु रचिए, जसलाई अदालतले असफलबनाएको छ ।’
कानुन विपरित कदमचाल्ने र देशलाई भड्खालोमा हाल्ने प्रतिगमनकारीहरुको पराजयहुनु स्वभाविक भएको बारा क्षेत्र नम्बर ३ का प्रतिनीधि सभा सदस्य रामबाबु यादवले बताए । शान्तीसँग संवाद मार्फत चलिरहेको संसदलाई आफ्नो बाउको सम्पती जस्तै ठानेर मनोपोली रुपमा विघठन गर्ने र त्यसकै समर्थन गर्नेहरुलाई सर्वाेच्चले कडा जवाफ दिएको यादवको प्रतिक्रिया छ । भष्मासुर युगको बिलय र लोकतन्त्रको जित कभएको बताउँदै सांसद यादवले अलोकतान्त्रिक कदम कदापी टिकाउन नहुने दावी गरे ।
पर्सा र बाराबाट जनता समाजवादी पार्टी (जसपा) का १ जना निलम्बीत सहित ४ जना सांंसदहरु संसद विघठनको विपक्षमाथिए । बाराका १ र पर्साका २ जना प्रतिनीधि सभा सदस्यभने संसद विघठनको पक्षमा थिए ।
पर्सा क्षेत्र नम्बर १ काप्रतिनीधि सभा सदस्य प्रदिप यादव र क्षेत्र नम्बर ३ का निलम्बीत सांसद हरीनारायण रौनियार संसद विघठन अलोकतान्त्रिक हो भनेर खारेज गर्न माग गरीरहे काथिए ।
तर १८ दिनको लागि मन्त्रीबनेका क्षेत्र नम्बर २ का बिमल प्रसाद श्रीवास्तव र क्षेत्र नम्बर ४ का लक्ष्मणलाल कर्ण भने संसद विघठन संविधान बमोजीम नै भएको दावीगर्दै आएकाथिए ।
उता बाराको निर्वाचन क्षेत्र नम्बर २ का राम सहाययादव र क्षेत्र नम्बर ३ का रामबाबु यादवपनि संसद विघठन गैरसंवैधानिक भएको भन्दै संसद विघठन खारेजी हुनुपर्ने आवाज उठाउँदै आएकाथिए । त्यसैगरी १८ दिनको लागि मन्त्री बनेका बारा क्षेत्र नम्बर ४ का एकवा लमियाँले संसद विघठनमा समर्थन जनाएकाथिए ।