गमक पोष्ट समाचारदाता / सिरहा, २४ असार । सरकारको विरोध गर्दै सिरहाको गोलबजारमा विहिवार पाँच विद्यार्थी संगठनले सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । महंगी, भ्रष्टाचार, पेट्रोलियम पदार्थको मूल्य बृद्धि लगायतको विरोधमा ५ विद्यार्थी संघठनले सरकारको विरोध गर्दै सिठी जुलुश प्रदर्शनमा गरेको हो ।
प्रदर्शनमा अनेरा स्ववियु क्रान्तिकारी, अनेरा स्ववियु माधव नेपाल पक्षकोका विद्यार्थीको उपस्थिति रहेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक पुजन सिंहले जानकारी दिए ।
उच्च शिक्षामा देखिएका सम्स्या, कोरोनाका कारण शैक्षिकसत्र र परीक्षाका विषयमा ध्यानाकर्सन गराउँदै शैक्षिक तथा राजनीतिक माँगसहित प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमको विरोध गर्दै विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए ।