गमक पोष्ट समाचारदाता / वीरगञ्ज, २१ असार । नेपाल विद्यार्थी संघ, पर्साले प्रतिगमन विरुद्धमा प्रदर्शन गरेको छ । नेविसंघको केन्द्रिय निर्देशन अनुसार पर्सा शाखाले पनि वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेको हो ।
प्रर्दशनमा सहभागीहरुले ‘संविधानको रक्षा गर, संविधान मिच्न पाइदैन, प्रतिगमनकारी मुर्दावाद’ लगायतका नारा लगाएका थिए । प्रदर्शनलाई सम्बोधन गर्दै संघका जिल्ला उपाध्यक्ष साबिर हुसैनले २÷२ पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गरेर देशमा अस्थिरता निम्त्याएको बताए ।
दुई तिहाई मत प्राप्त सरकारको स्थापनापछि देशमा स्थिरता आउने र विकास निर्माणले तिव्रता पाउने जनताको आशालाई निराशामा परिणत गर्ने सरकार र सरकारका नेतृत्वकर्ताहरुले राजीनामा दिनुपर्ने संघले माग गरेको छ ।
संघका अर्का उपाध्यक्ष शेष हजराले कोरोना कहरले थिलथिलो परेको देश र आर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा उल्टै चुनावको मिती तोकेर जनताको करबाट संकलित रकम निर्वाचनमा खर्चिन नदिने धारणा राखे ।
नेविसंघको देशव्यापी कार्यक्रम अन्र्तगत भएको प्रतिगमन विरुद्धको कार्यक्रममा पर्साका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।