गमक पोष्ट समाचारदाता / सिरहा, १९ असार । विभिन्न माग सहित आन्दोलनमा रहेका विद्यार्थी संगठनले आज सिरहाको गोलबजारमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । नेपाल विद्यार्थी संगठन, अनेरा स्ववियु क्रान्तिकारी, अनेरा स्ववियु, समाजवादी विद्यार्थी यूनियन र अखिल छैठोले आज उच्च शिक्षामा देखिएका सम्स्या, कोरोनाका कारण शैक्षिकसत्र र परीक्षाका विषयमा ध्यानाकर्सन गराउँदै शैक्षिक तथा राजनीतिक माँगसहित प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह संयोजक पुजन सिंहले विघटित संसदको पुनरस्थापनाको माँग गर्दैै राज्यले जनतामा अनावश्यक थोपरेको पेट्रोललियम पर्दाथको मुल्य कम गर्नु पर्ने माग गरेका छन् । सोही क्रममा केन्द्रीय सदस्य सिंहले कोरोना कहरमा रहेका जनतालाई तत्काल कोरोना विरुद्धको खोप उपलब्द गराउनु पर्ने र यस अवधिको विद्यार्थीहरुको स्कुल फि मिनाह गर्नु पर्ने बताए ।
अखिल क्रान्तिकारीका जिल्ला सदस्य पारस यादब र अनेरास्ववियुका जिल्ला सदस्य सुरेश कुमार यादबको नेतृत्वमा गोलबजारको मुख्य चौककमा पुत्ला दहन गरेका थिए । उनीहरुले प्रहरीको कडा सुरक्षाका विच चर्को नारा सहित पुत्ला दहन गरेका थिए ।