गमक पोष्ट समाचारदाता / सिरहा, १६ असार । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतल संघियता कार्यान्वयनमा ओली सरकार उदासिन रहेकोे आरोप लगाएको छ । सिरहाको विष्णुपुर गाउँ पालिकाको सातौं गाउँ सभा उद्घाटनको क्रममा संघिय सरकारले स–साना बजेटहरुपनि आफै परिचालन गर्नुले संघियता कार्यान्वयनमा उदासिनता देखिएको आरोप लगाएका हुन् ।
मुख्यमन्त्री राउनले संघिय सरकारले १०/२० लाखका योजनाहरु पनि आफैले कार्यान्वयन गरेर स्थानीय र प्रदेश सरकारमाथि विभेद गरेको बताए । उनले यो सरकारको संिघयतामाथिकै प्रहार हो । प्रदेश र स्थानीय तहले गर्नुपर्ने मसिना कामहरुमा पनि संघले हातहालेर संघियताकै खिल्लि उडाएको बताए ।
मन्तव्यकै क्रममा मुख्यमन्त्री राउनले विनियोजनमा पनि प्रदेश नम्वर २ माथि विभेद गरेको आरोप लगाए । उनले संघितामा प्रदेशहरुलाई बजेट विनियोजन गर्दा जनसंख्या र त्यसको गरिविलाई मापदण्ड बनाएर विनियोजन गर्नु पर्ने जिकिर गरे । उनलेभने, ‘जनसंख्याको हिसावले सवैभन्दा धेरै जनघनन्व भएको र कर्नालि प्रदेशभन्दा पनि एक दुई विषयबाहेक धेरैविषयमा कमजोर रहेको प्रदेश नम्वर २ लाई थोरै बजेट दिएर विवेद गरेको छ, यो संघियताको बर्खिलाप हो ।’
उनले प्रधानमन्त्रीसँगको बैठकमा जनसंख्या र गरिविलाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्ने माग गर्दै आएको पनि बताए । उनले जतिसुकै राम्रो नीति तथा योजना बनाएपनि बजेट अभावका कार्यान्वयन गर्न नसक्ने भन्दै पर्याप्त बजेको आवश्यकता रहेको बताए ।
सोही क्रममा मुख्यमन्त्री राउतले संघबाट आएको थोरै बजेट कार्यन्वयनमा पनि कर्मचारीहरुको असहयोगका कारण समस्या हुनेपगरेको बताए । संघबाटै सचिव पठाउने र उनीहरु भएको बजेट सञ्चालन गर्न समेत अरुचि देखाउँदा विकास निर्माणको काम प्रभावित हुने गरेकाले अव प्रदेश लोकसेवा मार्फत नै कर्मचारी भर्ना गरिने बताए । उनले त्यसपछि कामगर्न सहज हुने बताए ।
सम्वोधनकै क्रममा उनले प्रदेश लोकसेवाले महिलालाई ५० प्रतिशत कोटा छुट्याएकाले अवको दिनमा प्रदेश प्रहरी र निजामती सेवामा महिलाको सहभागीता बढ्ने जिकिर गरे । उनलेभने, ‘प्रदेश लोकसेवाले आफ्नो काम चाँडै थाल्छ, यसको १० वर्ष भित्र सवै कार्यालयको प्रमुख र उपप्रमुख मध्ये एकजना महिला हुनेछन् ।’
मुख्यमन्त्री राउतले सर्वोच्च अदालतले चाँडै संसद पुनःस्थापना गर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले असम्वैधानीक तवरले गरेको संसद् विघटन सर्वोच्च अदालतले चाँडै पुनःस्थापना गर्ने छ र शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने छ ।’ देउवा प्रधानमन्त्री भएपछि संघियता कार्यान्वयमा सहजता आउने उनले विश्वास व्यक्त गरे ।
गाउँ पालिका प्रमुख जागेश्वर यादवको अध्यक्षतामा सम्पन्न गाउँ सभाले आथिएक वर्ष ०७८÷७९ को लागि ३५ करोडको बजेट सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरले नगरसभा सफलताको कामना व्यक्त गरेका थिय । उनले नगरसभाले राम्रा निति तथा कार्यक्रमहरु पास गर्दै त्यसलाई सहितरीकाले कार्यान्वय नर्ग सुझाएका थिए ।
आजै मुख्यमन्त्री राउतले गाउँ पालिकाद्वारा निर्मित सामुखदायीक भवन, आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन र वडा नं. ३ को वडा कार्यालय भवनको उद्घाटन समेत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, प्रहरी प्रमुख एसपी हरीवहादुर पाण्डे, विभिन्न दलका प्रतिनिधहरुको सहभागीता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय सिरहाले असार ३१ गतेसम्मको लाग निशेधाज्ञा जारी गरेको भएपनि हजारौंको संख्यामा जनतालाई सहभागी गराएर गाउँ सभाको आयोजना गरेको छ । नगरसभामा स्थानीय जनता, पार्टीप्रतिनीधि, सुरक्षा निकाय र कर्मचारीको ठूलो भिडभाड रहेको थियो ।