गमक पाेस्ट सम्वादाता / वीरगञ्ज, १५ असार । ‘धान उत्पादनमा बृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ १८ औँ राष्ट्रिय धानदिवस वीरगञ्जमापनि मनाइएको छ । वीरगञ्ज महानगरपालिकाको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाको आयोजनामा वीरगञ्ज महानगरपालिका ३१ पोनियामा खेतमा धान रोपाई गरेर दिवस मनाइएको हो ।
खेतमा रोप्ने धानदिदैँ वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कृषी क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेर आगामी आर्थीक वर्षको बजेट बिनियोजन गरिएको बताए ।कृषकका समस्याहरुको समाधानतर्फ महानगर गम्भिर भएको बताउँदै नगरप्रमुख सरावगीले वडा नम्बर ३१ मा चैते धान पकेट विकास कार्यक्रमपनि सञ्चालन भइरहेको जानकारी दिए ।
वडानम्बर ३१ का वडाअध्यक्ष चुमन दास चौधरीको सभापतित्वमा भएको धानदिवस तथा रोपाई महोत्सवमा वीरगञ्ज महानगरपालिकाको आर्थीक विकास समितिका संयोजक, सदस्यहरु, आर्थीक विकास महाशाखाका प्रमुख रामदयाल यादव, सरसफाई शाखाका सर्फुदिन मियाँ, प्रशासनशाखा प्रमुख विकास कुमार मिश्रा, लेखा अधिकृत रुपनारायण राउत, आइटी अफिसर सतिश चौधरी लगायतको उपस्थिती रहेको कृषि तथा पशुपंक्षीव्यवसाय प्रवद्र्धन शाखाकी प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिर्ईन् ।
कृषि पेशाको सम्मान र कृषिव्यवसायको प्रवद्र्धनकालागिधानदिवस मनाइएको श्रेष्ठको भनाई छ । धानदिवसको दिनमात्रै नभएर अरु दिनपनि कृषकका आवाजहरुलाई राज्यले सुनिदिनुपर्ने र कृषकलाई किसानी गर्न सहज वातावरण बनाइदिनुपर्नेमा श्रेष्ठको जोड थियो ।