- रामनारायण पण्डित
सप्तरी, ११ असार । नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बलान बिहुल गाउँपालिका माओवादी केन्द्रले आज आयोजना गरेको पार्टी प्रवेश तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै संगठन निर्माणमा इमान्दारिताको साथ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
पुर्व सिचाई मन्त्री समेत रहेका अध्यक्ष यादवले पार्टीको जनवर्गीय संगठनहरुको गठन गरि चाडैं जिल्ला समितीमा बुझाउन गाउँपालिका कमिटीलाई समेत निर्देशन दिएका हुन् । उनले भने, ‘अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नुपर्छ, त्यसैले पनि संगठन विस्तारमा विशेष ध्यान दिन जरुरी छ ।’
वर्तमान केपी ओली नेतृत्वको सरकारले प्रतिगमनतिर उन्मुख रहेको आरोप लगाउदै उनले भने ूयो सरकारले संसद विघटन गरेर नाटक गरिरहेको छ, अब यो धेरै दिन टिक्दैन, तपाईहरु ढुक्क भएर संगठन निर्माणमा जुट्नुस् ।ू
माओवादी जनयुद्धकै कारण देशमा गणतन्त्र र संघियता स्थापित भएको प्रसंग जोडदै अध्यक्ष यादवले सडकदेखि सदनसम्म गरिव र निमुखाको अवाज बुलन्द गर्दै समेत दाबी गरे ।
पार्टीका गाउँपालिका संयोजक पशुपति यादवको अध्यक्षता तथा जिल्ला अध्यक्ष उमेश कुमार यादवको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक सय पचासजना भन्दा बढी नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई जिल्ला अध्यक्ष यादवले खादा र अबिर लगाई पार्टी प्रवेश गराएका हुन ।
कार्यक्रममा पार्टीलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पार्टीका युवा नेता खेमचन्द्र यादव, अखिल शिक्षक संगठनका केन्द्रिय सदस्य शिव कुमार यादव लगायत पार्टीका नेता कार्यकर्ताहरु उल्लेख्य उपस्थिति रहेको थियो ।