गमक पोष्ट समाचारदाता  /  सिरहा, ११ असार । सिरहाका १७ स्थानीय तहमध्ये १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभा मार्फत निती तथा बजेट पारित गरेका छन् भने ५ वटा स्थानीय तहको भने सभाहुन सकेन ।
असार १० गतेभित्र नगर तथा गाउँसभा मार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण हिजो अन्तिम दिन सिरहाका ५ वटा नगरपालिका र एउटा गाउँपालिकाले एकै दिन सभामार्फत बजेट पारित गरेका छन् ।

GBR
सिरहाको लहान, धनगढीमाई, गोलबजार, कर्जन्हा, सिरहा नगरपालिका र अर्नमा, नवराजपुर, बडियारपट्टी, सखुवानन्कारकट्टी, भगवानपुर गाउँपालिकाले हिजो एकै दिन नगर तथा गाउँसभा मार्फत आर्थिक बर्ष ०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका छन् ।
बजेट पारित गरेका अधिकांश स्थानीय तहहरुले पुरानै योजनाहरुलाई निरन्तरता दिदैं सडक, पुर्वाधार, कृषि, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिएका छन् ।
सिरहाको गोलबजार नगरपालिकाले ८१ करोड ५ लाख ७५ हजार बराबरको बजेट पारित गरेको छ । सो नगरपालिकाले चालुतर्फ ४१ करोड २२ लाख ८८ हजार र पुँजीगततर्फ ३९ करोड ८१ लाख ७८ हजार बजेट बिनियोजन गरेको नगरप्रमुख देवनाथ साहले जानकारी दिए ।
धनगढीमाई नगरपालीकाले आगामी आर्थिक वर्षकोलागि ८१ करोड, २२ लाख, ९१ हजार, ७४ रुपैयाँको बजेट प्रस्तुत गरेको नगर प्रवक्ता प्रकास योञ्जनले जाएको छ । सुखिपुर नगरपालीकाले ४९ करोड, ३३ लाख ६५ हजारको बजेट तर्जुमा गरेको छ ।
हिजै नगरसभा सम्पन्न गरेको सिरहा नगरपालिकाले आर्थिक बर्ष ०७८÷०७९ का लागि ७९ करोड ४० लाख १८ हजार बजेट बिनियोजन गरेको छ । सिरहाकै सुखीपुर नगरपालिकाले ४९ करोड ३३ लाख ६५ हजारको बजेट पारित गरेको जनाएको छ ।
त्यस्तै सिरहाको मिर्चैया नगरपालिकाले ६८ करोड ४९ लाख ११ हजारको नीति, कार्यक्रम तथा बजेट पारित गरेको नगरप्रमुख श्रवण कुमार यादवले बताए ।
मिर्चैया र सुखिपुर नगरपालीकाले ९ गतेनै नगरसभा सम्पनन गरेको थियो ।
जिल्लाको कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नरहा गाउँपालिका र बिष्णुपुर गाउँपालिकाले भने अझै सभा गर्न नसकेको जनाएको छ ।