गमक पोष्ट समाचारदाता / काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीहरुलाई जिम्मेवारी थप गरेका छन् । प्रधानमन्त्री ओलीले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेर बाँकी मन्त्रालयहरु चारैजना मन्त्रीहरुलाई थप गरेका हुन् ।
उपप्रधानमन्त्री एवक अर्थ मन्त्री विष्णु पौडेललाई गृह मन्त्रालय सहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।
त्यसैगरी शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिएका छन् ।
मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएकोे छ ।

mantriparisad naya jimmewari