गमक पोष्ट समाचारदाता / सिरहा, १० असार । संघिय सरकारको ‘स्मार्ट सीटी’ कार्यक्रममा मिर्चैया नगरपालिका परेपनि अहिलेसम्म कुनै काम सुरुहुन नसकेको मिर्चैया नगरपालीकाका मेयर श्रवण कुमार यादवले बताएको छ । मिर्चैया नगरपालिकाको सातौं नगरसभा तथा आर्थिक वर्ष २०७८÷०७९ को नीति, योजना कार्यक्रम सहित बजेट सार्वजनिक कार्यक्रमलाई सम्वोधनगर्दै मेयर यादवले संघिय सरकारले ‘स्मार्ट सीटी’ कार्यक्रम प्रति उदासिनता देखाएको बताए ।

MIRCHAIYA
मेयर यादवले आफूले कार्यक्रमको बारेमा पटक–पटक मन्त्रालयसँग समन्वय गरिरहेको भएपनि छिटो छिटो छिटो मन्त्री परीवर्तन र राजनीतिक तरलताका कारण कुनै काम अगाडी बढ्न नसकेको बताए । उनले संीघय सरकारले ललिपपमात्र देखाएको भन्दै मेयर यादवले पालिकाले आफ्नै साधन स्रोतबाट सुन्दर र सफा नगर बनाउने अभियानमा लागेको बताए । उनले भने, ‘संघिय सरकारले हामीलाई स्मार्ट सीटीको सपना देखाएपनि काम गरिरहेको छैन, तर हामीले आफ्नै स्रोत साधनले सफा, सुन्दर, हिलो र धुलो रहित नगरकोलागि योजनाबद्ध रुपले नियमित काम गरिरहेका छौं ।’

MIRCHAIYA 1
नगरप्रमुख यादवले स्थानीय सरकार आफैमा एउटा स्वायत् सरकार भएकाले जनताहरुलाई चाहिने आधारभुत आवश्यक्ता एवम् विकासको पूर्वाधारलाई केन्द्रविन्दु राखेर काम गरिरहेको बताए । उनले आफूहरुले सडक, विद्यालय पूर्वाधार र अन्य विकासको कामहरु योजनाबद्ध रुपमा गरिरहेको भन्दै आउदो आर्थिक बर्षमा थप योजनाहरु सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
पूर्वाधार विकाससँगै नगरका वेरोजगार युवायुवतीहरुलाई सिपमुलक तालिमको प्रवन्ध मिलाई साना उद्योगहरुको माध्यमबाट आत्मनिर्भर बनाउदै अघि बढ्ने विश्वास व्यक्त गरे ।
नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ को लागि ६८ करोड ४९ लाख ११ हजार रुपैयाको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरसभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम नगरप्रमुख यादवले प्रस्तुत गरेका थिए ।
नगरपालिकाले सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा स्वास्थ्य, शिक्षा, साना उद्योगीहरुको प्रोत्साहनलाई समेटिएको छ । निजी विद्यालयका शिक्षकहरुले लक डाउनका कारण तलव नपाएको समस्यालाई सम्वोधन गर्ने गरी निति तथा कार्यक्रममा समेटिएको बताए ।
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिदै अगाडी वढ्ने नीति लिईएको छ । सामुदायिक विद्यालयलाई अँग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिदै प्रत्येक वडामा ‘एक नमूना विद्यालयको रुपमा स्तोरोन्नती गर्ने योजना रहेको मिर्चैया नगरपालिकाको नगर प्रमुख यादवले बताए । नगर प्रमुख यादवले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधी जडान गर्दैछु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधी विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिदैन ।
उत्त कार्यक्रममा मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वेले स्वागत मन्तव्य राखेको थिए ।
उद्घाटन मन्तव्यको क्रममा निजी तथा आवासिय विद्यालयका संगठन एव प्यावसनका जिल्ला अध्यक्ष प्रदिप तिवारीले नगर विकासको लागि सामूदायीक स्तरमै जनताहरु जागरुक हुनुपर्ने बताए । उनले जनप्रतिनिधीले गर्न चाहेर पनि कतिपय अवस्थामा स्थानीय स्तरमा अवरुद्ध हुनेगरेको भन्दै जनताले विकासका काममा सहकार्य गर्न जरुरी रहेको बताए ।
सोही क्रममा उनले लकडाउनका कारण शिक्षाक्षेत्रमा ठूलो असर गरेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्नेमा जोडदिए । उनले अव हामीलाई कोविडले नछोड्ने भन्दै अव यो सँगै बढ्नुपर्ने बताए । त्यसको लागि प्रविधिको प्रयोग जरुरी रहेको बताए ।
अध्यक्ष तिवारीले नगरले शिक्षामा सहज पहुँचको लागि अव प्रत्यक गाउँ टोलमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्न आग्रह गरे । उनले अवको पठन पाठन इन्टरनेटकै माध्यमबाट हुने भन्दै प्रत्यक विद्यार्थीले फ्रि इन्टरनेट सेवा पाउनुपर्ने बताए ।
कार्यक्रममा अतिथि रुपमा मिर्चैया नगरपालिकाका उप–नगर प्रमुख जिवछी देवी साह, नगरपालिका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरसभा सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुखहरुको उपस्थिति रहेका थिए ।