गमक पोष्ट समाचारदाता / काठमाडौं, १८ जेष्ठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको छ ।
बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।
यादवलाई कारबाही गरिएको निर्णय आजै निर्वाचन आयोगमा बुझाउने नेता डा. सुरेन्द्र झाले जानकारी दिए ।
उता, ,यादव पक्षलेको हिजो बसेको बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । यो टघना सार्वजनिक भएलगतै ठाकुरपक्षका कार्यकारीणीको वैठकले यादवलाई साधारण सदस्य समेत नरहनेगरी कार्वाही गरेको छ । यादवपक्षले चारजनालाई कार्वहीगरेपनि ठाकुरपक्षलेभने यादवको कार्वाहीमात्रै सार्वजनिक गरेको छ ।