गमक पोष्ट समाचारदाता / काठमाडौं, १८ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षद्वारा पार्टीबाट अध्यक्ष महन्थ ठाकुरसहित ४ जना निष्काशित भएका छन् । यादवपक्षद्वारा ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्काशन गरेका हुन् ।
यसअघि गएको बुधबार उनीहरु चारै जना नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । सो स्पष्टीकरणको जवाफ नदिएपछि चौबीसघण्टे थप स्पष्टीकरण सोधेएप्नि त्यसको समेत जवाफ नदिएपछि पार्टीबाट निष्काशन गरिएको जसपा स्रोतले जनाएको छ ।
महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी हुने निर्णय गरिसकेका छन् ।
२०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकता भएको थियो । पार्टीएकता भएकै दिनबाट सूरुभएको विवाद वर्षदिनकै दरिवियानमा फूटको संघारमा पुगेको छ । चार नेता निष्काशित गरेपछि जसपा औपचारिक रुपमा विभाजन भएको छ ।