सुरेश राय / सिरहा, ११ जेष्ठ । प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, स्वेच्छाचारी, प्रतिगामी कदम विरुद्ध आज सिरहाको गोलबजारमा विद्यार्थी संगठनहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । प्रहरीको कडा सुरक्षाविच अखिल क्रान्तिकारी र माधनव नेपाल समूह समर्थित अनेरा स्ववियूका विद्यार्थीनेताहरुले गोलबजारको मूख्यचोकमा पुत्ला दहन गरेका हुन् ।

PUTLA DAHAN 6
पुत्ला दहन कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह–संयोजक पुजन सिंहले संसद् पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहने बताए । उनले संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाबाट बैकल्पिक सरकार गठन हुने पर्याप्त आधार हुँदाहुँदै विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, स्वेच्छाचारी र प्रतिगामी कदम नसच्चिएसम्म हाम्रो आन्दोलन जारीर रहने बताए ।
प्रधानमन्त्रीको स्वेक्षाचारी कदममा राष्ट्रपति पनि मतियार रहेको भन्दै उनको पनि आलोचना गरेका थिए ।
पुत्ला दहन कार्यक्रममा अखिलका माधव नेपाल समूह समर्थिक अखिलका केन्द्रिय सदस्य सुरेश यादवले प्रमले गरेका स्वेच्छाचारी कमले जनताले दुःख पाएको बताए । उनले कोरोनाले थिलो थिलो भएको बेलामा असम्वैधानीक तवरले संसद् विघटन गरेर नहुने चुनाव घोषणा स्वेच्छाचारी कदम भएको बताए ।