गमक पोष्ट समाचारदाता / सप्तरी, ११ जेठ । प्रतिनिधिसभा बिघटन विरुद्ध सप्तरीमा क्रियाशिल चार राजनीतिक दलले एकजुट भएर दृढतापूर्वक अगाडी बढ्न आह्वान गरेका छन् ।
नेपाली काँग्रेसका सभापति दिनेशकुमार यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष उमेशकुमार यादव, नेकपा एमाले सप्तरीका इञ्चार्ज रामप्रित पासवान र जसपा सप्तरीका अध्यक्ष केदार कुमार यादवले आज संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै सो आव्हान गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको मिलोमतोमा प्रतिनिधिसभा विघटन गरी मुलुकमा अन्यौल, राजनीतिक मुठभेड र अराजकता सिर्जना गर्ने असंवैधानिक, स्वेच्छाचारी र प्रतिगामी कदमविरुद्ध एकजुट भई दृढतापूर्वक अगाडि बढ्न आह्वान गर्दै बिज्ञप्तीमा उक्त कदम बिरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने उल्लेख छ ।
जनताको बलिदानीपुर्ण संघर्षबाट प्राप्त भएका संघीय लोकतान्त्रिक गणतन्त्र, संबिधानको रक्षा एवम् नेपालको सर्बाेपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापुर्वक अघि बढ्न सबै राजनीतिक दल तथा जनसमुदायसँग बिज्ञप्तीमा अपिल गरिएको छ । साथै कोरोना महामारी नियन्त्रण, रोकथाममा सरकारले गैर जिम्मेवारीपन देखाएको प्रति खेद व्यक्त गर्दै बिज्ञप्तीमा कोरोनाबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा संक्रमतिहरुको सिघ्र स्वास्थ्यलाभको कामना समेत बिज्ञप्तीमा गरिएको छ ।188166831_3910188295769162_4317084445928059272_n 188312261_3910188409102484_1853112685429607960_n