गमक पोष्ट समाचारदाता /  लहान, ३ जेठ । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा तथा सप्तरीमा बढि रहेको छ । स्वास्थ सुधारका लागि सिरहा तथा सप्तरीमा पनि अहिले निषेधाज्ञा जारी भएको मौका छोपेर यहाँ केहि सप्तरी तथा सिरहाका व्यापारीहरुले बजारमा सामानको कृत्रिम अभाव देखाउँदै सामानको मनोमानी ढंगले मूल्य बद्धि गरी उपभोक्तालाई ठगि रहेका छन् ।
नियमनकारी निकायले बजार अनुगमन नगर्दा उपभोक्ता ठगेका छन् । खधान्न, खाने तेल, निर्माण समाग्री तथा सुर्तिजन्य पदार्थको मूल्यमा अस्वाभाविकरुपमा मूल्य बृद्धि भएको सप्तरीको सुरुङ्गा नगर पालिका –७ पोखरीयाका उपभोक्ता जिबछ कुमार पासवानले बताए । निषेधाज्ञाको अघिल्लो दिनसम्म स्थिर रहेको सामानको मूल्य निषेधाज्ञा भएको दिनदेखि व्यापारीले कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्न थालेका हुन । यसले निषेधाज्ञाको चपेटामा परेका सर्वसधारणहरुलाई ठूलो मार परेको छ ।
सुरुङ्गा नगर पालिका –७ पोखरीयाका रबसु पासमान दैनिक मजदुरी गरी जिवन निर्वाह गर्दै आइरहेका छन् । दैनिक मजदुरी गरेर छाक टार्ने रबसुलाई अहिले कोरानो संक्रमणका कारण भएको निषेधाज्ञाले दैनिक मजदुरीको काम रोकिदा खानको लागि निकै समस्या हुन थालेको छ । “काम छैन ।पैसा पनि छैन । नखाएर बाँच्न सकिदैन” । “बजारमा सामानको मूल्य छुइसक्नुछैन । जताबाट पनि मर्ने हामी जस्ता गरिब त हो । ठूलाबाडालाई त सबैले छुट दिएकै छ । उनले भने –सरकारबाट राहतको व्यवस्थापन हुन नसके रोग भन्दा पनि भोकले मर्नुपर्ने समय आउने उनले बताए ।
नगर पालिकाले मासिकरुपमा बजारको सन्तुलन मूल्यको रेकर्ड राख्नु पर्ने हो । त्यो हुन सकेको छैन । अर्कोतिर उपभोक्ताले सामान खरिद गर्दा व्यापारीसंग बिल लिदैनन् भने व्यापारीहरुले पनि सामानको मूल्य सूचि राख्दैनन् ।