गमक पोष्ट समाचारदाता / काठमाडौं, १ जेष्ठ । देशभरका ७ सय ५० पालिकामा वाषिज्य बैंकका शाखा सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ । देशभर जम्मा ७ सय ५३ पालिकामध्ये ७ सय ५० मा जनतालाई सर्वसुलभ आर्थिक गतिविधि गर्नको लागि बैंको शाखा सञ्चालनमा रहेको राष्ष्ट बैंकले जनाएको हो ।
अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकीरहेको नेपाल राष्ट्र बैंकले जनाएको हो । अव सबै पालिकामा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा हुन लागेको छ ।
केन्द्रीय बैंकले कूल ७ सय ५३ पालिकामध्ये ७ सय ५० पालिकामा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । विसं २०७६ को चैत मसान्तसम्मको विवरणमा भने कूल ७ सय ४६ पालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । विसं २०७७ को चैत मसान्तसम्म भने ७ सय ५० पालिकामा शाखा खुलेका छन् ।
बाँकी रहेका पालिकामा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो । ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पु¥याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ ।
यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १ सय ४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या १० हजार ५ सय ४६ पुगेको छ ।