गमक पोष्ट समाचारदाता / काठमाडौं, ३१ बैशाख । कम कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र दिने भएका छन् । कोभिड १९ को सङ्क्रमणदर उच्च हुदै गएपछि आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्नेे नेपाल बैंकर्स सङ्घल निर्णय गरेको हो ।
सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस) आरटी जीएस), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ । बैंकहरुले अव कर्जा सेवा र नया खाता खोल्नसमेत रोक लगाउने भएको छ ।
एकपटकमा कम्तीमा ५० हजारभन्दा रकम जम्मा गर्ने निर्णय भएको सङ्घका अध्यक्ष भुवन दाहालले बताए । उनका अनुसार बैंकबाट पटक÷पटक हुने कारोबारलाई निरुत्साहित गर्न नेपाल राष्ट्र बैंकको अनुमतिमा यस्तो निर्णय भएको हो ।
सङ्घले सरकारले अत्यावश्यक सेवाबाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्नसमेत आग्रह गरेको छ ।