गमक पोष्ट समाचारदाता /सिरहा, २९ बैशाख । कोभिड १९ महामारी नियन्त्रण तथा रोकमाथमका योजना तथा खर्चको विवर अध्यमवधिक गर्न स्थानीह, सम्बन्धित सबै कार्यालय र संस्थालाई डीसीसीएमसी सिरहाले निर्देशन दिएको छ ।
डीसीसीएमसीका अध्यक्ष तथा जिल्ला प्रमुख अधिकारी प्रदिपराज कणेलको अध्यक्षतामा बसेको बैठकले सरकारी अस्पतालहरु, स्वास्थ्य कार्यालय, गाउँपालिका÷नगरपालिका र कोरोना नियन्त्रणमा खटिएका विभिन्न संस्थालाई योजना तथा आम्दानी तथा खर्च विवरण अध्यावधिक गरी सार्वजनिक गर्न दिर्नेशन दिएको हो ।
डीसीसीएमसी सिरहाद्वारा जारी सूचनामा गत र चालु आर्थिक वर्ष ०७८ वैशाखसम्मको रकम, खर्च र मौज्दातको विवरण जेठ ५ गतेभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएको छ ।
गत आर्थिक वर्षमा पनि प्रमुख जिल्ला अधिकारी कणेलले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सबै स्थानीय तहलाई सार्वजनिक गर्न निर्देशन दिएका थिए । तर अधिकांश स्थानीय तहले बुझाएनन् ।
विवरण बुझाएका सिरहा नगरपालिका, औरही गाउँपालिका, लहान नगरपालिका लगायतका स्थानीयतहले बुझाएपनि त्यसमा व्यापक अनियमितता भएको सार्वजनिक भएको थियो । त्यसबेला सिरानीको खोल, तन्ना, बेड जस्ता सामाग्रि खरिदमा धेरै मूल्य राखेको पाइएको थियो ।