गमक पोष्ट समाचारदाता / काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । आजको प्रतिनिधिसभामा प्रम केपी शर्मा ओलीले विश्वासको मत माग्ने मागेपछि आफ्नो धारणा राक्ने क्रममा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आह्वान गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा देउवापछि धारणा राखेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको भनाइमा समर्थन जनाएका छन् । प्रचण्डले संसदबाट बहुमतको सरकार निर्माण सम्भव रहेको पनि दावी गरे ।
उनले ‘अरु बेढंग नसोचौं, संविधानको हुर्मत लिने काम कसैले नगरौं’ उनले भने ।
बहुमतको सरकार गठनका लागि हाल प्रतिनिधिसभाका १३६ जना सांसदको समर्थन चाहिन्छ ।