गमक पोष्ट समाचारदाता / काठमाडां, २६बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । एउटै घोषणापत्रबाट निर्वाचन लडेकाहरुले समेत असहयोग र अविश्वासको बातावरण भएको भन्दै उनले आजैबाट लागुहुनेगरी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिएको हो । गुरुङको राजीनामा स्वीकृत भइसकेको छ ।
राजीनामा पत्रमा गुरुङले तीन वर्षको अवधिमा प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी विकास गरेको र सम्बद्ध प्रदेश निर्माणको जग बसाएको तर स्थिरता नचाहने र विकास विरोधी तत्त्वको चलखेलका कारण मूख्यमन्त्रीको हैसियतले काम गर्ने बातावरण नभएकाले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा १ (क) मबमोजिम राजीनामा दिएको हुँ ।’
राजिनामा पत्रमा भनिएको छ, ‘हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रबाट चुनावमा गएका दलहरूले समेत असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण काम गर्ने वातावरण नभएका कारण राजीनामा दिएको पत्रमा उल्लेख छ ।