गमक पोष्ट समाचारदाता / लहान, २४ बैशाख । नेपाल सरकारले राजश्वमा कडाइ गरेपनि खुल्ला सिमाका कारण बेल्ही, धाती, चन्ही, ठाडी नाँका हुदै नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका तोरीका तेलहरु सिरहा तथा सप्तरीका विभिन्न बजारहरुमा खुला रुपमा बिक्री भइ रहेको पाइएको छ ।
कमसल खालका अखाध वस्तुहरुको प्रयोग गरी बनाइएको भारतीय ब्राण्डका तेलहरु सिरहाको सदरमुकाम सिरहा, लहान, गोलबजार तथा कुशहामा लामो समय देखि खुला रुपमा बिक्रि हुदै आएपनि सो कार्य रोक्न कुनै पहल गरिएको छैन् ।
तोरीको साथमा भुसी, तेल जस्तो केमिकल र सेन्टको प्रयोग गरी सस्तोमा बनाएका तेलहरुले स्वास्थलाई असर पार्ने भन्दै नेपाल सरकारले ११ वर्षअघि भारतीय तेललाई प्रतिबन्ध लगाएको थियो । सरकारले आयात तथा बिक्रिमा रोक लगाउ पनि भारतीय तेल यहाँका व्यापारीहरुले बलेकियाहरु मार्फत तेल मगाएर निर्धक्क साथ बिक्रि गरि रहेका छन् । बलेकियाहरुले सिमामा पर्ने सशस्त्र प्रहरी बल बेश क्याम्प कोदरकटी, प्रहरी चौकी बेल्ही, मल्हनीया तथा धातीलाई लाइन मिलाएर तस्करहरुले दिनहु सयौ टिन तेलहरु कुशहा, लहान लगायतका बजारहरु ल्याउने गरेका छन् ।
भारतको कुनौली, दरभंगा, पटना, जयनगर, खुटौना, मधुवनी, फारविसगंज लगायतका स्थानहरुमा बनेका अखाध तेल बजारमा बिना अवरोध लामो समयदेखि बिक्रि हुदै आएका छन् । उतm तेलको प्रयोगले एकातर्फ उपभोतmाको स्वास्थसंग गम्भिर खेलवाड भइरहेको छ भने अर्को तर्फ स्थानिय तेल व्यवसायीहरु मारमा परेका छन् । भारतीय तेल सस्तो पर्ने हुदा अहिले बजारमा स्थानिय तोरीको तेलभन्दा तिनिहरुको प्रयोग बढि भएको पाइन्छ, जसका कारण तेल व्यवसाय घाटामा गइ रहेको व्यापारीहरु बताउँछन् ।
भारतीय नक्कली तेल लिटरको २ सय ४० रुपैया सम्म बिक्रि हुने गरेको उपभोतmाहरु बताउछन् । भारत्यि तेलसंग प्रतिस्पर्धा गर्न नसकेकाले व्यवसायनै धरायसी हुने अवस्थामा आएको एक जना उपभोतmाले भन्नुभयो– तर यसमा रोक लगाँउन कसैले चासो नदेखाएको र सिमामा रहेको प्रहरी प्रशासनकै मिलोमतो तथा कमिसनका कारण निर्धक्क रुपमा नेपाल भित्रि रहेको गुनासो गरे ।
सरकारले रिफाइन नभएका तेलको आयातमा रोक लगाएपनि यस बारे प्रहरी प्रशासन, भन्सार कार्यालय र आन्तरिक राज्श्व कार्यालय अनभिज्ञता गर्दछन् ।उनिहरुले यसको आयात तथा बिक्रि नियन्त्रणमा कुनै चासो देखाएको पाइदैनन ।