शम्भु चौधरी / सिरहा २३ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका १ र २ मा रहेको साना किसान कृषि सहकारी संस्था लि. भवानीपुर प्र. ध. मा बुधबारे तालाबन्दी गरेका छन । प्रकृया मिचेर नयाँ समिति गठन गर्न लागेपछि लक्ष्मी नारायण यादव र उनका समर्थकहरुले तालाबान्दि गरेका हुन् ।
अध्यक्ष पदका लागि पटक पटक सहमति गर्ने प्रयास भएपनि करिव ४ महिना सम्म सम्भव नभएपछि केन्द्रबाट खेम पाठक, जिल्लाबाट मागैन कामैत, सरोज कुमार यादव र जिल्लाका विभिन्न साना किसानका आएका पप्रतिनीधहरु सहितको टोलीले २०७७ चैत २९ गते लक्ष्मी नारायण यदवको अध्यक्ष बनाएपनि अहिले आएर नयाँ खेल सुरुभएपछि तालावन्दी गरेको बताइएको छ ।
लक्ष्मी नारायण अध्यइा बनाइदा सितापुरबाट नन्दकिशोर चौधरी, बस्तीपुरबाट सुनिल कुमार साह, भगवानपुरबाट चन्देश्वर यादव लगायत साना किसनका प्रतिधिहरुको उपस्थिति रहेको थियो ।
साना किसानको प्रक्रिया अनुरसार साविक भवानीपुर प्रधको नौ वटै वडाबाट एक एक जना संचालक समितिमा चुनिएर आउने प्रावधान छ । सोही चुनिएर आए पनि अध्यक्षमा पदको टुङ्गो केन्द्रिय तथा जिल्ला प्रतिनीधिहरुको उपस्थितिमा भएको बताइएको छ ।

sanakisan
चयन भएको पदमा साधारण सभाको बन्द सत्रमो अनुमोदन गर्ने प्रावधान छ । गठन भईसकेको समितिलाई अनुमोदन नगराई पुनः नयाँ चुन्न लगाउने प्रक्रिया अगाडी बढाएकोमा यादवले आपती जनाएका थिए । उनले आफू बन्द सत्रमा उपस्थित भए पनि कलोजिंगमा हस्ताक्षर नगरेको यादवले दावी गरे ।
तला बन्दी किन गर्नु भयो भने प्रश्नको जवाफमा यादवले भने,‘ सधारण सभा, बन्द सत्र र मलाई चयन गरीए दिनको नियर्ण प्रतिलिपि माँग गरेको छु । लिखित निवेदन पनि दिएको छु, त्यो निर्णय प्रतिलिपि दिन आलटाल गरेकाले ताला बन्दी गर्नु परेको हो ।’
अता अर्का शेयर सदस्य श्रीदेव यादवको अनुसार कसैलाई खान दिएर अगाडीबाट थाल तान्नु जायज नभएको बताए । यस्तो कार्य हामीलाई मन्य नहुने बताए । यसका लागी हामीलाई जे गर्नु पर्छ त्यसको लागी तयार रहेको बताए ।

dulahaniya