गमक पोष्ट समाचारदाता / सिरहा, २३ बैशाख । सिरहाको मिचैर्या नपा १ का स्थानीय सूर्या सीमेन्ट उद्योगमा जग्गा दिँदाको सर्त पालना गर्नुपर्नेलगाएत विभिन्न ११ बुदे माग सहित आन्दोलनमा उत्रैका छन् । उद्योगको लागि आवश्यक पर्ने जग्गा दिँदा नै स्थानीयलाई उनीहरुको योग्यता अनुसार काम दिने सर्त कार्यान्वयन गर्नुपर्नेमाग सहित उनीहरु उद्योगलाई बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलित स्थनीयले स्थानीयलाई योग्यताका आधारमा रोजगारी, ढुवानीको लागि स्थानीय टिफर, ट्रकको प्रयो, ऐलानी तथा वनक्षेत्रको जग्गा नाप नक्सा गरी प्रयोग गर,उद्योग गरीपरीको गाउँलाई प्रदुषण बापत प्रति बोरा एक रुपैयाँ दिनुपर्ने माग सहित स्थानीयले उद्योग प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा नेपाल सरकारको श्रम ऐन अनुसार परिश्रमिको व्यवस्था गर, उद्योपगको ध्वनी प्रदुषण नियन्त्रण,तेतरिया खोला र बेनावती खोलामा उद्योगमो प्रदुषित पानी बगाउन बन्द गर, द्योग निर्माणकाल देखिनै कार्यरत स्थानीय कामदारलाई नियमित कामको व्यवस्था गर लागाएत माग उल्लेख गरेको छ ।