सञ्जय विश्वकर्मा \ लहान २१ , बैशाख । सिरहाको लहान नगरपालिका ३ मा रहेको जय माता दि जेनरल स्टोरको गोदामबाट लाखौको मदिरा चोरी भएको छ । स्थानीय सुकदेव महतोको घरमा एउटा कोठा प्रती महिना २ हजारका दरले भाडामा लिई राखिएको विभिन्न ब्रण्डका ३१ लाखको मदिरा चोरी भएको संचालक जगन्नाथ झाले पत्रकार सम्मेलनगरी वताएको हो ।
उनले पत्रकार सम्मेलनमा धरधनीले सामान चोरी गरेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । उनले घरधनीलाई नियमित भाडा दिदै आईरहेको भएपनि कोविड– १९ को कारण विगत १ बर्ष देखि भाडा तिर्न बाँकी रहेको बताए ।
भाडा नतिरेपछि बेला बेलामा भाडाका विषमा विवाद हुँदै आएको बताइएको छ । झाले, ‘म नभएको बेला २०७८ बैशाख १० गतेका दिन लहान– ८ मा रहेको मेरो ईलेक्ट्रोनिक्सको पसलमा आई मेरो स्टाफ देवचन्द्र यादवलाई भाडा नदिएको खण्डमा नराम्रो हुन्छ भन्दै घरधनी महतोले धम्की दिएका थिए ।’
त्यसलगलै मैले बैशाख १५ मास्टाफलाई भाडा हरहिसाब गरेर भाडा बुझाई दिनु भन्दा घरधनी महतोले हिसाव गर्दिन भनेर टाल्दै आईरहेको पत्रकार सम्मेलनमा उनले बताए ।
घरधनी सुकदेव महतो र उनका छोरा धनेश्वर महतोले उक्त स्टोर गरि राखेका मालसामान चोरी गरेको झाको आरोप छ ।
गेदाममा प्रतिकार्टुन ४ हजार ८ सय पर्ने वाईन १ सय ४० कार्टुन, २५ कार्टुन ह्विस्की, भोडका, गिल म्यारी लगायतका ३१ लख मूल्य बरारमो मदिरा रहेको बताइएको छ । उनले केही मदिरा उनिहरुले बेचेको र नबिकेको मदिरा बलान नदिमा फालेको बताए ।
मैले घरधनी महतोलाई तपाईले किन यस्तो गर्नुभयो ? भन्दा मलाई बाउ छोराले ज्यान मार्ने धम्की दिएको उनले सुनाए , तिमी धेरै बाठो नबन नत्र बोतल जस्तै तिमिलाई पनी टुक्राटुक्रा पारिदिने धम्की दिएको उनको भनाई छ ।
उनले पत्रकार सम्मेलन मार्फत न्यायका साथै क्षतिपूर्तिका लागि सम्बन्धित सरोकारवाला निकाय , प्रहरी प्रशासनलाई गुहार गरेका छन् ।
यता ईलाका प्रहरी कार्यालय लहानले घटनाको बिषयमा थप अनुसन्धान जारी राखेको बताए ।
घरधनी महतोले पनि पत्रकार सम्मेलन गरेर आफूले जगन्नाथ झालाई घरभाडा नदिएको बताए । उनले म झालाई चिन्दिन, झाले मेरो चरीत्र हत्या गर्ने प्रयास गरेको उनको कथन रहेको छ । उनले म माथी लगाईएको सम्पुर्ण आरोप झुठो रहेको दावी गरे । मैले कसैको मदिरा नचोरेको÷ नफालेको महतोको कथन छ ।