गमक पोष्ट समाचारदाता /  सिरहा, १९ बैशाख । सिरहाको गोलबजार नपा ३ मात्रै आज एकैदिन १० जना नयाँ कोरोना सङ्क्रमण देखिएका छन् । कन्याक्ट ट्रेसिङ्का आधारमा वडाका ५२ जनाकोे स्वाव सङ्कलन गरिएपनि २४ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु सवै गोलबजार नपा ३ का हुन् ।
बाँकीको परीक्षण प्रकृयामा रहेको वडा अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए । उनले आफ्नो वडाबाट सङ्कलन गरेको स्वाब मध्ये २४ जनाकोमात्र परीक्षणगर्दा १० जनामा संक्रमण देखिएको स्वास्थ्यकार्यालय अधिकारीमार्फत जानकारी प्राप्त गरेको बताए । उनले बाँकी परीक्षण प्रकृयामा रहेको जनाए ।
कोभिडको दोस्रो लहरपछि सिरहामा यो सहित ६१ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये ११ जना निको भईसकेको छ । सिरहा आईसोलेशनमा ७ जना, १ जना विराटनगर, १ जनाको धरामा उपचार भईरहेको छ भने बाँकी होम आईसोलेशनमा रहेका छन् । जिल्लामा अहिलेसम्म ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये ३ जना गोलबजार नगरपालिकाका रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाले आज जम्मा ४० जनाको स्वाव परीक्षण गरेको जनाएको छ । हालसम्म सिरहा अस्पतालले तीन सय ८९ जनाको कोरोना परीक्षण गरेको बताएको छ । गोलबजार नपा ६ बाट आज थप ६८ जनाको स्वाव संकलन गरिएको छ ।
सङ्क्रमितबढेपछि हाटबजार बन्दगर्ने निर्णय
गोलबजारमा सङ्क्रमितको संख्या दिनानुद बढेपछि यहाँलाग्ने सम्पूर्ण साप्ताहिक हाटबजार पूर्णरुपले बन्द गर्ने भएको छ । गोलबजार नगरपालीकाको आज आकस्मिक बसेको नगरस्तरीय सीसीएमसीको बैठकले यहाँलाग्ने गोलबजार, चोहर्वा र बलकावाको साप्ताहिक हाटबजार पूर्णरुपले बन्दगर्ने सिफासिर गरेको हो ।
बैठकले बजार क्षेत्रका पसल व्यसायतथा उद्योगहरु हाललाई सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने, विवाह, वर्तवन्ध तथा अन्य कार्यमा २५ जनाभन्दाबढी भेला गर्न नपाईने सिफारिस गरेको छ ।
त्यसैगरी, बैठकले गोलबजार नगरपालीकाले निर्माण गरिरहेको अस्थाई कोभिड अस्पताललाई यथासिघ्र आश्यक औषधी, उपकरण व्यवस्थापन गरी सञ्चालनमा ल्याउने सहित विभिन्न ९ वटा निर्णयहश्र गरेका छन् ।
सङ्क्रमणको दर बढेपनि सिरहाका लहान, धनगढी, गोलबाजर, मिर्चैया, कर्जन्हा, सिरहा लगायत सवै पालीकाहरुमा लाग्ने साप्ताहिक हाटबजारहरु पूर्णरुपमाले लाग्ने गरेको छ ।