गमक पोष्ट समाचारदाता / काठमाडौं, १३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष प्रचण्डले सोमबार विज्ञप्ति जारी गरेको विज्ञप्तीमा सरकार जनता स्वास्थ्यप्रति गम्भिर नभएको भन्दै शिल्यान्यास र उद्घाटनमा अलमलिएको आरोप लगाएको छ ।
खध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीमा स्थानीय निकायमा स्वास्थ्य सामग्रीको उचित व्यवस्था मिलाएर जनताको स्वास्थ्यको समुचित गर्न आग्रह गरेका छन् ।
‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ’ उनले भनेका छन्, ‘सरकारसँग जनताको स्वास्थ्यमा खेलवाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु ।’
खुला सीमा भएको भारतमा एकै दिन लाखौं व्यक्ति संक्रमित हुनुका साथै केही हजारको मृत्यु भएको तथ्याङ्कले पनि स्थिति भयावह बन्ने तर्फ सचेत रहनुपर्ने भएको प्रचण्डले बताएका छन् । महामारीको सबैभन्दा बढी मार श्रमजीवि जनसमुदायलाई पर्ने भन्दै प्रचण्डले खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकार र निजी क्षेत्रलाई अपील गरेका छन् ।
साथै स्वयंसेवीका रुपमा महामारीविरुद्धको लडाइँमा सावधानीपूर्वक नेतृत्व लिन पार्टीका नेता कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।

prachanda preess