गमक पोष्ट समाचारदाता


सिरहा, २३ फागुन । नेपाल सरकारले संचालन गरेको दोस्रो प्राथमिकताको पहिलो चरणको कोभिड १९ को खोप कार्यक्रम अन्तर्गत गोलबजार नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यही फागुन २८ गतेबाटहुने अभिमुखिकरण कार्यक्रममा गोलबजार नगरपालीकाका मेयर देवनाथ साहले खोप कार्र्यक्रमलाय अभियानकै रुपमा बुझ्न अनुरोध गरेको छ ।
मेयर साहले यो पटकको खोप ६५ वर्ष माथिका उमेर समूहकालाई लगाउनु पर्ने भएकाले उनीहरुलाई खोप केन्द्रसम्म पुर्याउन जनप्रीतनीधि साथीहरुलाई अनुरोध गरे । उनले भने, ‘यो अभियानलाई सफल बनाउने हाम्रै अभिभावरा हो, त्यसैले सवै वडा अध्यक्ष तथा जनप्रतिधिहरुर्ले सेवाग्राही सवैलाई खोप केन्द्रसम्म पुर्याउने बावतावरण बनाउनु पर्यो ।’ यही अभियानमा पहिलो प्राथमिकतामा छुटेका स्वास्थ्यर्मी, महिला स्वास्थ्य स्वयम सेवीका, निजामती कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधिहरुले पनि लगाउने पाउने बताइएको छ ।
स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले खोप सवैखालका व्यक्तिहरुले लगान सकिने बताए । उनले मुटुरोगी, स्वासप्रस्वास सम्वन्धि रोगी, मिगौला तथा क्यान्सका विरामीहरुले पनि यो खोप लाउनु पर्ने बताए । उनले यस्ता खालका विरामीहरुनै कोरोनाको उच्च जोखिममा रहेकाले खोप लाउन झन आवश्यक रहेको बताए ।
अभिमुखी कार्यक्रमामा जनप्रतिनधी, सुरक्षा कर्मी तथा सञ्चाकर्मीहरुको सहभागीता रहेको थियो ।
जिल्लामा दोस्रो चरण अन्तर्गत फनुन २८ गतेबाट चैत १ गतेसम्म सिरहाको गोलबजार, धनगढीमाई, सुखिपुर नगरपालीका र अर्नमा, वडियारपट्टी, औरही, भगवानपुर, नवराजपुर, लक्ष्मीपुर गाउँ पालिमा सञ्चालन हुने स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।