गमक पोष्ट समाचारदाता


सिरहा, २१ फागनु । बालविवाह न्यूनिकरण कार्यक्रम अन्तर्गत बालविवाह सम्बन्धी धारणा र मूल्यामान्यता बारे अभिभावक तथा सरोकारबालाहरुवीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । गर्लफस्ट फण्डको सहयोग र कल्याणपुर नगरपालिका १ को सहकार्यमा दलित विकास मञ्च सिरहाद्धारा संचालित बालविवाह न्यूनिकरण कार्यक्रम कल्याणपुर नगरपालिका १ मा सम्मपन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि कल्याणपुर नगरपालिकाका कार्यवाहक मेयर रोहिणि यादबले जव सम्म हाम्रो समाज शिक्षित हुदैन तव सम्म चेतनाको विकास हुदैन त्यसैले हामी पहिलो प्राथमिकता शिक्षामा दिनु पर्ने बताए । का.वा. मेयर रोहिणी यादवले बालविवाह र दहेज प्रथा रोकौ र शिक्षमा ध्यान दिनुपर्छ मेयर रोहिणीले अगाडी भनीन छोरा र छोरीलाई समान व्यवहार र शिक्षा दिनुपर्छ अनि मात्र हाम्रो समाजमा बालविवाह र दहेज प्रथा अन्त्य हुन्छ । मेयर यादबले कल्याणपुर नगरपालिका भित्रका सवै वडामा बालविवाह अन्त्यका लागि जनचेतना कार्यक्रमहरु संचालन गर्ने समेत बताउनुभएको हो ।
बालविवाह सम्बन्धी गोष्ठि कार्यक्रममा दलित विकास मञ्च सिरहाको अध्यक्ष रुणा कुमारी महराले स्वागत मन्तव्य दिएकी थिईन । कार्यक्रममा ईलाका प्रहरि कार्यालय कल्याणपुरका असय उमाशंकर यादब, कल्याणपुर नगरपािलकाका वडा सदस्य वेचन मण्डल , सोहि वडाका दलित महिला वडा सदस्य सहोगिया देवी पासमान, श्री ल।म।ज।उ।मा।वि।का शिक्षक विजय मण्डल, पूर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष प्रदिप मण्डल, श्याम स्मृति युवा क्लव बनिनियाका कोषाध्यक्ष मोहित मण्डल, कल्याणपुर १ का वडा सचिव धनिक लाल मण्डल लगायतले मन्तव्य राखेको छ । कार्याक्रमको अध्यक्षता कल्याणपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयराम कामतीको रहेको थियो । कार्यक्रम कल्याणपुर नगरपालिकाका कार्यवाहक मेयर रोहिणी यादवले दिप प्रज्वलन गरि उद्घाटन गर्नु भएको हो । कार्यक्रममा दलित विकास मञ्च सिरहाद्धारा गठित आमा समुहका सहभागिता समेत रहेको थियो । कार्यक्रम संचालन दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले गर्नुभएको थियो
बालविवाह सम्बन्धि परिच्छेद ११ विवाह सम्बन्धी कसुर (दफ १७१) मा २० वर्ष नपुगि विवाह गर्ने गराउनेलाई २ वर्ष कैद र २० हजार जरिवानाको व्यवस्था रहेको छ ।