गमक पोष्ट समाचारदाता


सिरहा, १९ फागुन । पुस्तांैदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएपछि गोलबजार नपा १२ बेतौना स्थानीय खुसी गदगद भएका छन् । भोगचलनमा रहेको गाउँब्लक जमिनको नापी कार्यालय सिरहाले गाउँमै आएर लालपुर्जा दिएपछि स्थानीय खुसी भएका हुन् ।
नापी कार्यालयका प्रतिनीधि, स्थानीय जनप्रतिनीधि सहितको लालपुर्जा वितरण कार्याक्रम प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले लालपुर्जा हस्तान्तरण गरेर सुरु गरेका थिए । सोही क्रममा उनले स्थानीयको लागि यो महत्वपूर्ण र राम्रो काम भएको बताए । उनले नापीका कर्मचारीहरुले धेरै मेहनत गरेर आज तपाईहरुको हातसम्म लालपुर्जा पुर्याउने बतावरण वनेको भन्दै उनीहरुलाई सम्मान गर्नुपर्ने बताए । उनलेभने, ‘हामी यहाँ आएका अतिथी भन्दा तपाईहरुको हातसम्म लालपुर्जा पुर्याउन मेहनत गर्ने कर्मचारीलाई सम्मान गर्नुस्, फूलमालाको असली भागीदार उहाँहरु हो ।’
वर्षैदेखि बस्दै आएको जमिनको धनीपुर्जा पाएपछि स्थानीय साहिद हुसैनको खुसीले सीमा नाघ्यो । उनलेभने, ‘मेरो नाममा अरु जग्गाको प्रमाण पुर्जा पाएपनि उतिखेर पाएको खुसि र हहिले पाएको खुसिमा धेरै फरक छ । वषौंदेखि बस्दै आएको र लाखौं रकम खर्च गरेर घर निर्माण गरेको जमिनको पूर्जा पाँएँ । म असाध्यै खुसी छुँ ।’ उनले थपे, ‘त्यसमा पनि आफनै वडा कार्यलयमा जिल्लाको प्रमुख ब्यतिmले आएर प्रमाण पुर्जा दिदाँ म खुसीले हर्सीत भएको छु ।’
यस वडाका ३ सय ७० घरधुरीले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्ने वडा अध्यक्ष गणेश मुखियाले जानकारी दिए । आज बाट सुरुभएको वितरण कार्यक्रम तीन दिनसम्म चल्ने बताइएको छ । अझै केही विवादीत अवस्थाका जमिनहरुको लागि पनि पहल भईरहेको उनले जनाए ।
वडा अध्यक्ष मुखीयाले पुर्जा वितरणको प्रचार प्रसार हुनेबेला देखीनै यस वडाको वडाबासीहरु उत्साहित भएको बताए ।
नापि कार्यलयका प्रमुख सुभानन्द चौधरीले ६० दिन सम्म उजुरबाजुर दिन सक्ने समय रहेकोले पुर्जामा कुनै समस्या देखा परेमा नापि कार्ययलमा सम्र्पक गरी आफनो काम सहजपुर्बक गराउनको लागि जानकारी जानकारी दिए । उनले ६० दिन पछि मात्र यो प्रमाण पुर्जा अन्य कारो बारमा प्रयोग गर्न सकिने बताए ।
नापि कार्यालय सिरहाको आयोजना र जिल्ला भुमि अधिकार मञ्च सिरहाको सहभागीतामा लालपुर्जा वितरण तयारी गरेको थियो ।