गमक पोष्ट समाचारदाता
सिरहा, १५ फागुन । सिरहाको गोलबजारमा रमपम चौथो गोलबजार मेयर गोल्डकप २०७७ यहि फागुनबाट सुरुहुने भएको छ । गोलबजार नगरपालीका र गोलबजार प्रतिभा कल्वको आयोजनामा हुन लागेको प्रतियोगितामा देशकाभरबाट ८ वटा फुटवल क्लवहरुको सहभागीता रहने आज पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो ।
पत्रकार सम्मलेनमा नगर प्रमुख देवनाथ साहले युवाहरुको व्यक्तित्व विकासको लागि आफू निर्वाचित भएकै वर्षबाट खेलकुदको कार्यक्रमहरु ग्र्दै आएको बताए । उनलेभने, ‘मैले यहाँका युवाहरुको व्यक्तित्व विकासको लागि हामीले खेलकुदमा योगदान गर्दै आएका छौं, त्यसैको एउटा कडी यो प्रतियोगिता हो ।’
उनले अहिले युवाहरु कुलतमा धेरै लाग्ने गरेको भन्दै त्यसमा कमि ल्याउन पनि यसले काम गर्ने बताए ।
फागुन २१ बट सुरुभई २८ गते एक हप्तासम्म चल्ने नकाउट मेयर गोल्डकपमा गोलबजार प्रतिभा क्लव निलो र रातो, त्रिभुवन आर्मी फुटवल क्लव, नेपाल एपीएफ फुटवल क्लव काठमाडौं, हल्दीवारी फुटवल क्लव जलथल झापाको सहभागीता रहने छ ।
त्यसैगरी, एभरेष्ट फुटवल क्लव धरान सुनसरी, डागीहाट फुटवल क्लव मोरङ्ग, गाईघाट फुटवल क्लव उदयपुर प्रतियोगितामा सहहभागी रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरस्कारको लागि मात्र १० लाख ९६ हजार, ४ सय ४४ रुपैयाँ छुट्याएको आयोजकले जनाएको छ । खेलका लागि प्रथम ४ लाख ४ हजार ४ सय ४४, दोस्रो हुनेलाई २ लाख ७५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफिहरु प्रदान गरिने छ ।
त्यसैगरी, खेलअवधिभरका सर्वोत्कृष्ट पुरस्कार ३० हजार एकजनालाई, उत्कृष्ट खेलाडी पुरस्कार २० हजारका दरले ४ जनालाई, गोलबजार नगरक्षेत्रका उदीयमान एक जना खेलाडीलाई २ लाख ५० हजार बराबरको मोटरसाइकल, म्यान अफ दि म्याच ६ हजारका दरले ९ जनालाई दिने आयोजकले जनाएको छ ।
खेलको सम्पूर्ण व्यवस्थापनमा करिव ३९ लाख रुपैयाँ खर्च हुने आयोजक क्लवका अध्यक्ष सन्जिव लामाले जानकारी दिए ।