गमक पोष्ट समाचारदाता
महोत्तरी, ११ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भारतसंगको सीमा नाका अविलम्ब सुचारु गर्न मांग गरेको छ । महोत्तरीको मटिहानी नगरपालिकाद्वारा मटिहानी बजारमा निर्मित कलात्मक घण्टाघरको उद्घाटन गर्दै अध्यक्ष यादवले भारतसंगको सीमानाका सुचारुगर्न माग गरेको हो ।
अध्यक्ष यादवले प्रधामन्त्रीलाई पटक–पटक अनुरोध गरे पनि कुनै सुनवाई नगरेको बताए । उनले भने, ‘
कोरोनालाई सीमा नाकामा लगाइएको ढाठले रोक्न सक्दैन, सीमानाकाबाट मधेशको जीवनसँग जुडेको हुनाले यस संवेदनशिलतालाई प्रधानमन्त्रीले बुझदै सीमा नाका खोल्नु पर्छ ।’
विश्वका कतिपय देशहरु सीमा विहिन भएको उल्लेख गर्दैै अध्यक्ष यादवले २१ औ शताव्दीको युगमा सीमा नाका बन्द गर्नु आफैमा हास्यास्पद रहेको बताए । मटिहानी नपाका प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा घण्टाघरको उद्घाटन गरेका थिए ।