सुरेश राय
सिरहा, ११ फागुन । सर्वोच्च अदालतले संसद पूनरस्थापना गरेको खुसियालीमा आज नेकपा दहाल–नेपाल समूहका कार्यकर्ताहरुले सिरहाका विभिन्न स्थानमा मैनबत्ति प्रज्वलन गरेका छन् । जिल्ला इन्चार्ज रामकुमार यादवको नेतृत्वमा गोलबजार नपा ७ चोहर्वा, दिप प्रज्वलन गरेका थिए । त्यसैगरी कर्जन्हा नगरपालीकाका मेयर गंगा पासवानको नेतृत्वमा कर्जन्हा बजारमा दिप प्रज्वलन गरेका थिए ।
नेपाली जनताको जीत भएको र सर्वोच्च अदालतले जनताको पक्षमा निर्नया गरेको भन्दै गोलबजारमा पनि मैलन बत्ति प्रज्वलन गरेको थियो । नेकपा नेता तथा स्थानीय जनप्रतिधीहरुले उल्लासपूर्ण तरिकाले दिप प्रज्वलन गर्दै खुशी व्यक्त गरेका छन् ।