गमक पोष्ट समाचारदाता
बारा, १० फागुन । बाराको एक तेल उद्योगमा हिजैवेलुकी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । विद्युत सर्टभई जितपुरसिमरा उपमहानगरपालिका–९ मा रहेको आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।
प्रहरीका अनुसार विद्युत सर्ट भएर लागेको आगो नियन्त्रण प्रयास भईरहेको छ । अहिले चारवटा दमकलमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगो लाग्न सुरु भएको प्रहरीले जनाएको छ । आगो निभाउन गएराति बारा, पर्सा र मकवानपुरका गरी आठ वटा दमकलको प्रयोग गरिएको थियो ।