गमक पोष्ट समाचारदाता
सिरहा, ८ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएको छ । शनिबार विज्ञप्ति जारिगर्दै विप्लवले सहज रुपमा पाटीगतिविधि गर्ने वातावरण बने सरकारसँग वार्तामा बस्न तयार रहेको बताएका हुन । विप्लवद्वारा जारी विज्ञप्तीमा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने अवस्था बने सरकारसँग वार्ता गर्न सकारात्मक रहेको उल्लेख गरेका छन् । सरकारले प्रतिबन्ध फुकुवा गरे वार्ताका लागि सकारात्मक रहेको सन्देश विज्ञप्तिमा उल्लेख गरेको छ । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको भन्दै शनिबार विप्लवद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौँ ।’