सुरेश राय
सिरहा, ७ फागुन । दुई चरणमा संचालन गरेको कोरोना खोप सिरहामा ५ हजार ३ सय ५३ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय सिरहाले सिरहाका अनुसार पहिलो चरनमा ३ हजार ४ सय २६ जना र दोस्रो चरनमा एक हजार ९ सय २७ जना सहित ५ हजार ३ सय ५३ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
जसमध्य एक हजार २ सय एक जना महिला र हेको स्वास्थ्य कर्यालय प्रमुख कृष्णणदेब यादबले जानकारी दिए । सरकारले तोकेको मापदण्डभित्र परेकाहरुले जिल्ला अस्पताल सिरहा, रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान र मिर्चैया प्राथमिक स्वास्थय केन्द्र बाट खोप लगाएका स्वास्थ्य कार्यालय सिरहाका कार्यालयका प्रमुख यादबले बताए । जसमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी, जनप्रतिनिधी, पत्रकारलगायत रहेका छन् ।
सिरहामा अहिले संक्रमितको सख्या सुन्यमा झरेको बताइएको छ ।