गमक पोष्ट समाचारदाता
सप्तरी, ३ फागुन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै धराममा परेको बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा सप्तरी काँग्रेसले सदरमुकाम राजविराजमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता निधिले संसद् विघटन गरेर प्रम ओलीले संविधानमाथि प्रहार गरेको बताए ।
उलने संविधान जोगाउन दुई विकल्प मात्रै बाँकी रहेको बताए । उनले जनताले चुनावमा मत हालेर संसदको गठन गर्न सक्छ भन्दै त्योभन्दा अगाडि अदालतले सटकट तरिकाले पुनर्स्थापना पनि गर्नसक्ने बताए ।
पुनर्स्थापना भए ठीक हुने, तर चुनाव भएपनि कांग्रेस पछाडि नहट्ने नेता निधिले जनाए । कांग्रेसका सप्तरी सभापति दिनेश कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता प्रदर्शन गर्दै संसद् विघटन गरेको आरोप लगाए । उनले प्रधानमन्त्रीले जनमतको खिल्लि उडाएको जनाए ।