गमक पोष्ट समाचारदाता


सिरहा, २७ माघ । एनसीसी बैंकका कार्यकारी प्रमुख रमेशराज अर्यालले आफ्नो बैंकले सही ठाउँमा लगानी गरेको बताएको छ । कौशल एग्रो राइसमिल प्रा.लि. धनगढीमाई नपा ९ सिरहाको आज उद्घाटन गर्दै आफ्नो बैंले सही व्यक्ति र संस्थालाई लगानी गरेको बताए ।

kkk
किसानसँग जोडिएको उत्पादनमूलक संस्थामा लगानी गर्न पाएकोमा उनले खुसि समेत व्यक्त गरे । उनलेभने, ‘हामीले विभिन्न प्रकारका व्यवसायमा लगानी गर्दै आएको भएपनि यो किसानसँग जोडिएको उत्पादनमूलक हामी सवैलाई चाहिने खाद्यान्न उत्पादक हो, यसमा सवैको सहयोग र सहकार्य आवश्यक रहन्छ ।’
खाद्य प्रविध तथा बाणिज्य महासंघका प्रमुख नेत्र सुवेदीले उद्योगको सफलताको कामना व्यक्त गर्दै उत्पादनलाइ गुणस्तरीय बनाउन सधैं ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा सिरहामा चामल उत्पादन भएपनि देशका अन्य ठाउँमा पनि उत्पादनको प्रचार गर्न पाईयोस् भन्ने चचाहाना व्यक्त गरे । उनलेभने, ‘यसको गुणस्तर राम्रोहोस र हामी यसको गुणस्तरको कारण काठामाडौं, पोखरा, विराटनगरसम्म पनि प्रचार गर्न पाइयोस्, भन्ने शुभकामना दिन चाहन्छौं ।’
उनले नेपाली किसानहरुलाई धान उत्पादन बढाउनु पर्नेमा जोड दिए । उतले हामीले उत्पादन गरेनौं र सीमापारीको मात्र भर पर्यौंभने हाम्रो मूल्यमा वृद्धि भएर जाने बताए । त्यसैले हामीले हाम्रो उत्पादनमा पनि ध्यानदिनुपर्नेमा जोड दिए ।
उद्घाटन कार्याक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले उद्योगले गुणस्तर कामयम गरेर आफ्नो उत्पादनलाई गुणस्तरीय बनाउन सुझाव दिए ।
कौशल एग्रो राइस मिल प्रदेश २ कै अत्याधुनिक प्रविधिमा आधारीत राइस मिल भएको बताइएको छ । दैनिक ५० टन भन्दा बढी पूर्ण उसिना चामल उत्पादन क्षमता रहेको सञ्चालक महेश साहले जनकारी दिए । उनलेभने, ‘अहिले सम्म यो प्रविधिको मिल प्रदेश नं. २ मा छैन, हामीले पहिलो पटक सञ्चालनमा ल्याउँदै छौं ।’ साहले आफूले हरेक प्रकारले प्रदेशकै नमुना चामल उद्योग निर्माण गर्न पाएकोमा खुसी व्यक्त गरे । उद्योगमा ५० करोड भन्दा बढी लगानी रहेको बताइएको छ ।