सुरेश राय


सिरहा, १९ माघ । पूर्व शिक्षा मन्त्री तथा नेताली कागँग्रेसका नेतृ चित्रलेखा यादवले संविधा रक्षाको लागि नेपाली काँग्रेस जस्तो सुकै कदम उठाउन तयार रहेको बताएको छ । सिरहाको गोलबजारमा नेपाली काँग्रेसको भगनि संगठन नेपाल किसान संघ र नेपाल तरुण दलकोद्वारा आयोजित विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नेतृ यादवले प्रधानमन्त्री केपी शर्मा ओली असम्वैधानीक ढङ्गले गरेको संसद विघटन विरुद्ध नेपाली काँग्रेस सधै अग्रमोर्चामा रहने बताएका हुन् ।
उनले सम्विधानको भावना र मर्मविपरीत प्रधानमन्त्री ओलीले संसद विघटन गरेको प्रति आक्रोसा व्यक्त गर्दै नेतृ यादवले संसद पुनरस्थापना गरी केपीओलीलाई प्रधानमन्त्रीको कुर्सिबाट झारेरै छोड्ने बताए । उनलेभने, ‘नेपाली काँग्रेले प्रम ओलीलाई कुर्सिबाट हटाएर असम्वैधानीक कदप सच्याउँछ, यसमा तयाईहरु ढुक्क हुनुहोस् ।’
मन्तव्यकै क्रममा नेतृ आयदवले तीन वर्षमा नेपालजस्तो गरिव मुलुकले धान्न नसक्ने जीकिर गरे । ‘प्रधानमन्त्रीको सनकको भरमा संसद विघटन हुने र निर्वाचन गराउने कुरा ठिक छैन । यस्तो खालको निर्वाचन हाम्रोजस्तो मुलुले धान्न सक्दैन,’ नेतृ यादवले भने ।
विरोध कार्यक्रममा जिल्ला सभापति था संविधानसभा सदस्य रामचन्द्र यादव, गणेश मण्डल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।