मुकेश कुमार यादव / सिरहा, ८ माघ । पछिल्लो एक साताभन्दा बढी दिनदेखि सिरहामा जङ्गली हात्तिले आतङ्क मच्चाएको छ । सिरहाको गोलबजार नगरपालीका १० धर्मपुरक्षेत्रमा गत पुस २९ गतेदेखि निरन्तर गाउँ पसेर घरहरु भत्काईरहेका छन् । गाउँ नजीकैको सातपत्रे जङलमा दिभरी बस्ने रात परेपछि गाउँ पसेर घरहरु भत्काउने गरेका हुन् ।
दिनहुँ गाउँ पसेर घरहरु भत्काउने र अन्न बाली खानथालेपछि गाउँका युवाहरु जागराम वस्ने गरेपनि त्यो क्रम नरोकिएको स्थानीय अमिता लामाले बताइन् । युवाहरु रातभरी गाउँको गौडा गौंडामा आगोबालेर पहरा दिएर विहानीपख सुत्न गएपछि आज विहान तीन बजेतिर स्थानीय राजगीर मरिक र छिरिङ्ग लामाको घर भत्काएर दाल चामल लगेको छ ।मरिकले छोरीको विवाहको लागि ठिक्क पारेको ५० केजी चामल र दाल नै हात्तिले खाएको बताए । उनले २८ गते विवाहको लागि तयार पारेको चामल र दाल खानुको साथै घरपनि भत्काएको बताए । उनले भने अव छोरीको विवाह गर्ने कि घर सकारर्ने भयो, गरिवले बल्ल तल्ल जम्मा पारेको अन्न पनि सखाप पारिदिए ।

hatti atank (6)
गाउँ देखि पर आँप बगैचासँगै जोडिएर घर रहेको मरीक परीबार हात्तिको डरले गाउँको सामुदायीक भवनमा सुत्न गएका थिए । घरमा कोही नभएकाले मानविय क्षति हुनबाट बचेको मरिकले बताए ।
हात्तिले पल्लिो १० दिनको अवधिमा गोलबार नपा १० धर्मपुरका कुमार मोक्तान, सुकुमायाँ लामा, फूलमती तामाङ्ग, तिलप्रसाद तामाङ्ग, सृजना लामा, सहित एक दर्जन घरहरु भत्काएका छन् । बारीमा किसानले लगाएको आलु समेत खाने र नष्ट गर्ने गरेको स्थानीय ४० वर्षिय भिमबहादुर थापाले बताए ।
स्थानीयले हात्तिले गाउँमा आतङ्क मञ्चाएपनि स्थानीय प्रहरी प्रशासनले नसघाएको बताए ।
यता डिमिजन वन कार्यालयले लहान, धनगढीमाई नगरपालीका, मिर्चैया, गोलबजार र कर्जन्हा नगरपालीका उत्तरी गाउँहरुमा जङ्गलीहात्ति आएको खिनदेखिनै पटाका पड्काएर धपाउने कार्य गरिरहेको जनाएको छ ।
हामीले पटाका पड्काएर धपाएपनि ३÷४ वटा समूहमा रहेका हात्तिले कहिले यो गाउँ त कहिले अर्को गाउँमा पसेर दुख दिईरहेको वन कार्यालयले जनाएको छ । वन कार्यालयले आफ्नो तर्फबाट सकेको जति गरिरहेको पनि जनाएको छ ।