गमक पोष्ट समाचारदाता


सिरह, ७ माघ । प्रद्रेश नम्बर २ का उधोग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डले बालविवाह समाजमा अझै क्यानसरको रुपमा रहेको बताएको छ । दलित विकास मञ्च सिरहाले कल्यायापुरमा आयोजना गरेको वालविवाह सम्बन्धि जिल्ला स्तरिय कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री मण्डलले बालविवाह समाजीक विक्रिति भएको बन्दै सवै मिलेर रोक्नु पर्ने बताएका हुन् ।
उनले उमेर नपुगि गरिने बिवाहले छोरा र छोरि दुवैको स्वास्थ्य लगायतमा नकारात्मक असरपर्ने बताए । प्रमुख अतिथिको रुपमा बोल्दै राज्य मन्त्री मण्डलले बालविवाह रोकथाम गर्न प्रदेश सरकारले छोरी पढाउ छोरी बचाउँ भन्ने कार्यक्रम र छोरी विमा कार्यक्रम समेत ल्याएको बताए ।
उनले हामि आफै पनि समाजमा बालविवाह रोकथाम गर्न चेतना जगाउन अग्रसर हुनुपर्ने बताए । उनले दलित समुदाय भित्र पनि डोम समुदायमा बालविवाह रोक्न चुनौतिपूर्ण रहेको जनाए । बालविवाह रोकथाम गर्न हरेक तह तप्काले लागे बालविवाहमा कमि आउने विश्वास व्यक्त गरे ।
‘बालविवाह जिन्दगी तबाह’ भन्ने मूल नारा सहीत कार्यक्रममा जिल्ला स्तरका समाजिक संघ संस्था र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बालविवाह न्यूनिकरण गर्न आ आफनो तर्फबाट लागेपछिमात्र बालविवाहमा रोकथाम सम्भव हुने कुरा बताएका थिए ।
कार्यक्रममा दलित विकास मञ्च सिरहाका कार्यक्रम संयोजक सरिता महराले कार्यक्रमबारे जानकारि तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नेपालमा २० वर्ष पछिमात्र बिवाह गर्न नपाईने कानुनि व्यवस्था रहेको छ । कार्यक्रममा कल्याणपुर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धनविर मण्डल, नगरपालिकाका योजना शाखा प्रमुख ललन कर्ण, स्वास्थ्य शाखाका प्रमुख विनारायण साह, मिर्चौया गरपालीकाका कार्यापालिका सदस्य तथा न्याँयपालिका सदस्य चन्दा भवानि, मिर्चौया १ का वडा सदस्य मानोदेवी महरा, कल्याणपुरका महिला तथा वालविकास शाखा प्रमख मंजु कर्ण, ईलाका प्रहरि कार्यालय कल्याणपुरका असई उमाशंकर यादब लगायतले मन्तव्य राखेको हो ।
दलित विकास मञ्च सिरहाद्धारा गठित लक्ष्मि किशोरि समुह कल्याणपुर १० का संयोजक रविना शर्मा र आमा समुहका संयोजक स्नेहि साहले समेत व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता दलित विकास मञ्च सिरहाकी अध्यक्ष रुणा कुमारी महराले गरेकी थिईन् ।