मुकेश यादव / सुरेश राय
सिरहा, २९ पुस । ठूल–ठूला भवन पूर्वाधार निर्माणलेमात्र गरेरमात्र खेलकुदको विकास नहुने पूर्व युवा तथा देलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका संयोजक पुरुशोतम पौडेलले बताएको छ । सिरहाको गोलबजारमा आयोजित १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको उद्घाटनका क्रममा संयोजक पौडलले ठूला कवर्ड हल र रंगशाला निर्माणलेमात्र खेलकुदको विकास नहुनेभन्दै खेलाडीमै लगानी गर्नुपर्ने बताएका हुन् ।
पछिल्ला दिनहरुमा स्थानीय तहहरुले कवर्डहल, रंगशाला जस्ता भौतिक पूर्वाधारका काम गरेपनि खेलाडीहरुमै भने कम लगानी गरेको बताए । उनलेभने, ‘समग्र खेलकुदको समुचित विकासको लागि खेलाडीहरुमा पनि लागनी गर्नुपर्ने बेला भईसकेको छ, स्थानीय तहहरुलाईपनि खेलाडीमा लगानी गर्न म अनुरोध गर्दछु ।’
उनले खेलकुद विकासको लागि प्रदेश, स्थानीय तहले पनि निती निर्माण गर्न सक्ने व्यवस्था भएकाले खेलतर्फपनि ध्यान दिनुपर्ने बताए । मन्तव्यकै क्रममा पछिल्ला दिनहरुमा अन्तराष्ट्रिय खेलहरुमा नेपाली खेलाडीहरुको सहभागीता उत्साहजनक रहेपनि पदक चुम्ने अवस्था न्यून रहेको जनाए ।
खेलकुदमा राज्यले समुचित लगानी गर्न नसकेको भन्दै खाली खेलमा लगानी गरिरहेको जनाए । उनलेभने, ‘जहिले पनि प्रतियोगिताको आयोजना हुनेबेला भएपछि खेलाडी बटुलेर खेल्न लगाइन्छ, यसरी खेलकुदको विकास हुन सक्दैन, खेलाडी उत्पादनमै लगानीको जरुरी छ ।’
उद्घाटन कार्यक्रममो जिल्ला समन्वय समिति सिरहाका अध्यक्ष रामचन्द्र ठाकुरले खेलकुद आज मानिसको जीवनमा अभिन्न अङ्ग वनेको बताए । उनले अवको दिनमा अनुशाशिन, राष्ट्रिता र रोजगारीको लागि युवाहरुले खेलकुदमा जोड दिनुपर्ने बताए ।
अर्का विशष्ठि अतिथि धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले पुष्पलाल श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता समेत रहनुभएकोले राष्ट्रको निम्ति, आफ्नो स्वाभिमानको निम्ति, उत्पीडित समुदायको खातिर दिएको बलिदानीबाट पाठ सिक्दै खेलको माध्यमबाट खेलप्रेमी साथीहरुले उहाँले राष्ट्रको निम्ति गरेका योगदानको बारेमा धारणा बनाउँदै खेलेको खेलमा उतार्नुपर्ने बताए ।
नेपाल व्यडमिन्टन संघका अध्यक्ष रामजी वहादुरर श्रेष्ठ लगायतका बक्ताहरुले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।
गोलबजार नगरपालीकाका प्रमुख देवनाथ साहको अध्यक्षतामा उद्घाटन कायक्रम सम्पन्न भएको थियो । समापन मन्तव्यको क्रममा प्रमुख साहले आफ्नो नगरपालीकाले खेलकुदलाई महत्वका साथ अगाडी बढाएको बताए । उनले खेल, खेलाडी र खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधारहरुमा पनि उत्तिकै लगानी गरेको जिकिर गरे । सोही क्रममा उनले व्यडमिन्टन प्रतियोगिताका प्रतियोगिहरुलाई शुभकामना दिंदै अनुशासित र सम्यमता पूर्वक खेलमा सहभागी हुन समेत अनुरोध गरे ।
गोलबजार नगरपालीका र राष्ट्रिय व्याडमिन्टन संघको आयोजना, नेपाल व्याडमिन्ट संघ र गोलबजार व्याडमिन्टन क्लवको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगितामा १० वटा इभेन्टस्को लागि प्रति इभेन्ट्स प्रथम २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रोत हुने २ जनालाई १० हजारका दरले जम्मा ५ लाख ९३ हजार पुरस्कार रासी रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा देशभरका तीन सय भन्दा बढी प्रतियोगिहरु सहभागी रहेको छ । आजबाट शुरुभएको प्रतियोगिताको ४ दिनसम्म चल्ने बताइएको छ ।