गमक पोष्ट समाचारदाता
सिरहा, २६ पुस । गोलबाजर नगरपालीकालाई खेलकुद हव बनाउने योजना सहित खेलकुदमा लगानी गरेको नगरप्रमुख देवनाथ साहले बताएको छ । नगरपालीका निर्मित गोलबाजार कवर्डहलको उद्घाटन गर्दै युवाहरुलाई कुलतबाट बचाउँदै स्थानीय स्तरबाट राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने उदेश्य सहित खेलकुद पूर्वाधारमा लगानी गरेको बताएका हुन् ।
नगरप्रमुख साहले गोलबजार नगरपालीकाले फूटवल, कराँते, क्रिकेट, व्यडमिन्टन खेलका खेलाडीहरु उत्पादन गर्ने योजना साथ नगरले काम गरिरहेको बताए । उनलेभने, ‘हामीले आज एक करोड ६५ लाखको रुपैयाँ लगानीमा निर्मीत कवर्ड हल उद्घाटन गर्यौं, ठूलो लगानीमा फूटवल रङ्शाला निर्माण भईरहेको छ, यसैले खेलकुदमा नगरको लगानी देखाइसकेको छ ।’
खेलकुदका कारण युवाहरु कुलतबाट जोखिने र नगरमात्र हैन भविष्यका देशकै नाम रोशन गर्न सक्ने नगर प्रमुख साहले बताए । उनलेभने, ‘अहिले युवाहरु विभिन्न खालका कुलतमा फँसिरहेका छन्, उनीहरुलाई हामी खेल तर्फ आकर्षित गरिरहेका छौं ।’
मन्तव्यकै क्रममा नगरपालीकाले कवर्ड हललाई निःशुल्क जिम सेन्टरको रुपमा विकास गर्ने योजना पनि सुनाए । साही क्रममा उनले यो हामी सवैको सम्पतीहो यसलाई सवैले मायाँ गर्ने र सुरक्षा दिनुपर्ने पनि बताए ।
उद्घाटन समारोहमा नगरपालीकाका उपप्रमुख रेशम कुमारी थापा, सुरक्षा निकायका प्रमुखहरु, नगरपालीकाका अन्य पदाधीकारी, व्यवसायी, बुद्धिजिवी तथा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।