गमक पोष्ट समाचारदाता
सिरहा, २६ पुस । सिरहा प्रहरीले स्रोत नखुलेको नगद सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिरहा नपा २१ लगडीगोठबाट खटिएको प्रहरीले चेक जाँचको क्रममा सिरहा नपा २२ हकपाडाका ३९ वर्षिय विश्वनाथ यादवको साथबाट स्रोत नखुलेको ३१ लख ८९ हजार हजार दरको नोट सहित नियन्त्रणमा लिएको हो ।
कपडाको झोलामा बोकेर ल्याईरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए । पक्राउ परेका यादवलाई आवश्यक कार्वाहीको लागि सम्पती शुद्धिकरण विभिभाग हरिहर भवन ललितपुर पठाइएको छ ।
उनले भारतीय बजारबाट नेपाली बैंकमा जम्मा गर्न रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ । सीमाक्षेत्रका भारतीय व्यसायीहरुले जम्मा भएका नेपाली रुपैयाँ नेपाली नागरिकको नाममा यतै विभिन्न बैंक तथा वितिय संस्थाहरुका खाता खोली एटिएमको माध्यमबाट भारतमा रकम झिक्ने गरेको स्रोतले बताएको छ ।