मुकेश यादव । सुरेश राय
सिरहा, २५ पुस । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले केपी ओली यो व्यवस्था नै सखापपार्ने खेलमा लागेको बताए । नेकपा प्रदेश नं. २ ले सिरहाको कर्जन्हा नपा वस्तिपुरमा किसान नेता जय गोविन्द साहको ३१ औं स्मृति दिवसमा आयोजित सभालाई सम्वोधन गर्दै नेता नेपालले ओलीको व्यवार र कृयाकलापले त्यसप्रति संकेत गरेको बताए ।
उनले अव केपी शर्मा ओलीको नेतृत्वमा समाजवाद नआउने पक्का भएको बताएको समेत ठोकुवा गरे । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पूजिवादको बाटो समाएर अगाडी बढिसकेकाले उहाँको नेतृत्वमा समादवाद सम्भव नभएको जनाए ।
कुशासन, उत्पीड्न, अन्याय, अत्याचारको विरुद्ध लड्ने कम्यूनिष्ट पार्टीभित्रै बसेर उनले एकतन्त्रीय व्यवस्था चलाउन थालेको भन्दै उनले कव कम्यूनिष्ट शिद्धान्त छोडेको नेता नेपालले आरोप लगाए । उनले भने, ‘हामी कम्यूनिष्टहरु समाजवादमा विश्वास गर्छौं तर, पार्टी भित्रै उनले एकल निर्णय, मनपरी तन्त्र चलाउनथाले यसैले उनको चरित्र देखाएको छ ।’
प्रम ओली यो व्यवस्था खतम गर्ने षणयन्त्रमा लागेको समेत नेता नेपालले बताए । बैलगाडामा चडेर गणतन्त्र आउने होइन भन्ने केपीओली फेरी राजतन्त्र फर्काउने खेलमा लागेको बताए । उनी यो व्यवस्थाको हिजो पनि खिलाफमा दिए आज पनि त्यहीहुनुहुन्छ । यही खेल समाप्त पार्न उनी लागेका छन् ।
उनले प्रधानमन्त्री ओलीलाई कामचलाउन प्रधानमन्त्रीको संज्ञा दिए । असंवैधानीक ढङ्गले संसद विघटन गर्ने अनी प्रधानमन्त्री हुँ भन्ने ? यो कतै नमिल्ने कुरा हो । उनी कामचलाउ प्रधानमन्त्री भईसके, नेता नेपालले भने ।
नेता नेपालले अहिले नेकपाको अध्यक्ष म र पुष्पकमल दहालमात्र भएको बताए । उनलेभने, ‘ओली लाई पार्टी हितविपरीत, अनुशासन हिन चरित्र देखाएपछि कार्वाही गरिएर निकालि सकिएको हो, उहाँ केन्द्रिय सदस्यमात्र हो ।’
पूर्व अध्यक्ष ओलीलाई पार्टीको विधान अनुसार कार्वाही कार्वाही गरिएको भन्दै नेता नेपालले भने, ‘केपी जीले मलाई कार्वाही कसले गर्न सक्छ, भनिरहेका छन् । पार्टीको निर्णय नमान्ने, पार्टी भत्काउन खोज्नेलाई पार्टी विधान अनुसार अनुसाशानको कार्वाही गरिएको हो । अहिले म र प्रचण्ड जी नै अध्यक्ष हुँ ।’
उनले केपीओलीलाई सच्याउन हामीले धेरै कोशिस गर्यौं तर पनि उनी सच्चिने अवस्था नदेखेपछि पार्टी कार्वाह ीगर्न बाध्य बताएको बताए ।
मन्तव्यकै क्रममा नेता नेतपालले झुठको, घमण्डको दोस्रो नाम हो केपी ओली भएको बताए । उनले पार्टी र सरकारलाई एकतन्त्रीय ढङ्गले चलाउने, अनि केही गर्न दिएन भन्ने, आफ्नो लहडमा पार्टी संगठन चलाउने अनि अहिले दोष अरुलाई थोपर्ने यो सरकार सर झुठ भएको बताए । र उनले सूर्य चिन्ह हाम्रो पार्टीको हो यसमा कसैले दावी गर्न नसक्ने पनि उनले दावी गरे ।
संसद विघटन संविधान सम्मत र जनताको भावना विपरित भएको पूर्व शिक्षा मन्त्री तथा नेकपा स्थायी समितिका सदस्य गिरिराजमिण पोखरेलले बताए । उनले म पनि संविधानसभा अन्तर्गत मस्यौदा समितिको सदस्य भएको नाताले विगतमा प्रधानमन्त्रीको चाहेको बेला संसद विघटन गर्ने परीपाटीलाई रोक्न जनभावनाको कदरगर्न यो संविधानमा प्रधानमन्त्रीले यसरी संसद विघटन गर्न पाउँदैन, उनको यो असम्वैधानीक कदम भएको बताए ।
सिरहा कर्जन्हा नपा ५ का किसान नेता जयगोविन्द साहको २०४७ पुस २५ गते भारतमा निधन भएको थियो । पञ्चायत विरोधी कम्यूनिष्ट आन्दोलनमा लागेका उनको शव समेत निरंकुस राजतन्त्रले नेपाल ल्याउन दिएका थिएन ।
बुवा आमाले अन्तरजातीय विवाह गरेका कारण जेलपरेका आमा–वुवाबाट जेलमा जन्मिनु भएको थियो । गसिव किसान परीवारका जन्मेका नेता साह कहिल्यै विद्यालय नगएपनि स्वअध्यनबाट अंग्रेजी सहित पाँच भाषामा लेख्न र पढ्न सक्थे ।
नेकपाका केन्द्रीय सदस्य एवम् प्रदेश नं. २ का सह इन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा सम्पन्न उक्त सभामा नेकपाका केन्द्रीय नेताहरु रामचन्द्र झा, धर्मनाथ साह, रामकुमार यादव, हरिनारायण चौधरी, अजय शंकर नायक, जगत यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।