गमक पोष्ट समाचारदाता
लहान, २४ , पुस । सिरहाको लहानमा सरोकारवालहरुको संयुक्त टोलीले बजार अनुगम अनुगमन गरिएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख प्रेमप्रसाद देवकोटाको संयोजकत्वमा विभिन्न सरोकारबालाहरुको समूले शुक्रवार लहान बजारको राधाकृष्ण चौक वरिपरीका मासु पसल, खुद्रा तथा किराना पसलहरुमा अनुगमन गरिएको हो ।
समान खरिद गर्दा बील लिन, समानको उत्पादन मिति, उत्पादकको नाम, ठेगाना, उपभोग्य अविधि, परिमाण, तौल आदी उल्लेख नभएका सामग्री खरिद नगर्न उपभोक्ताहरुलाई जनचेतना फैलाउँदै विक्रेताहरुलाई पनि त्यस्ता समाग्री विक्रिवितर नगर्न सचेत गराएका छन् ।
बजार अनुगमनमा क्रममा घरेलु तथा साना उधोग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवले हरेक सामानको मूल्य सूचि र उत्पादन तथा प्रयोगमिति हेरेरमात्र खरिद गर्न र सामानको विल लिन उपभोक्तालाई पनि समचेत गरेको बताए । बिभिन्न पसलहरुमा गरिएको अनुगमनबाट करिब ५० किलो अखाध्य बस्तु, म्याद गुज्रेका सर–समानहरु बरामद गरेको छ । बरामद सामाग्री सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ ।
अनुगमनमा उधोग बाणिज्य संघ लहान सिरहाका अध्यक्ष अशोकलाल आमात्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज सप्तरीका अधिकृत सुरेश कुमार सिंह, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्ता, शस्त्र प्रहरी बेश क्याम्प लहानका डिएसपी बिनोद थापा, ईलाका प्रहरी कार्यालय लहानका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।