सुरेश राय

सिरहा, २३ पुस । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन सिरहाले असंविधान कदम विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । अखिलका केन्द्रीय सदस्य पुजन सिंहको नेतृत्वामा गोलबारको मुख्य चोकमा विद्यार्थीहरुले पुत्ला दहन गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले ओली र राष्ट्रपति भण्डारी विरुद्ध चर्का नारा लगाएका थिए ।

putla dahan 1