गमक पोष्ट समाचारदाता
सिरहा, १८ पुस । कोभिड १९ को जोखिमका कारण पोषणयुक्त आहारको अभाव झेलिरहेका सिरहा लहानका सदाय, मरिक तथा सीमान्तकृकत समूदायकालाई खाद्यान्न सहितको राहत सामाग्री वितरण गरेको छ । दलित जनकल्याण युवा क्लव लहान, एक्शनएड नेपाल र नस्टेन्डर सार्टर बैंकको सहयोग र लहान नगरपालीकासँगको समन्वयमा लहान नपा २४ का एक सय ६४ घरपरीवार दलितहरुलाई राहत वितरण गरिएको हो ।
राहत वितरणकार्यक्रममा राहत सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष कमल यादवले राहतले दलित गरिवहरुलाई सहयोग पुगेको बताए । उनले आफ्नो वडामा रहेका विपन्न दलित, गरिवहरुलाई संस्थाले सहयोग प्रदान गरेर राम्रो काम गरेको बताए ।
पत्यक परीवारलाई राहत स्वरुप २५ केजी चामल, गहुँको पिठो ५ केजी, दाल २ केजी, गेडागुडी एक केजी, नुन १ केजी, धरा तेल १ लिटरका दरले उपलब्ध गराएको छ । कोभिड किटको रुपमा एक थान डीजीटल थर्मोमिटर, हात धुने, नुहाउने सावुन उपलब्ध गराएको क्लवका अध्यक्ष उमेश विशुन्खेले जानकारी दिए ।