गमक पोष्ट समाचारदाता
सिरहा, १० पुस । आन्तरिक विवादका कारण सिरहाको नगरहा गाउँ पालीकाको ०७७÷७८ को नगरसभा ६ महिना वितिसक्दा पनि हुन सकेको छैन । प्रत्यक आर्थिक वर्षको बजेट तथा कार्यक्रम सहित असार १० गते भित्र गाउँसभा गर्नुपर्ने व्यवस्था भएपनि जनप्रतिधिविच मत नमिल्दा साधारण सभा हुन नसकेको हो ।
गाउँपालिका अध्यक्ष रामसभरण यादवले जनप्रतिनिधीहरुवीच मत नमिलेका कारण समयमा नगरसभा हुन नसकेको बताए । उनलेभने, ‘समयमै नगरसभा गर्ने योजना सहित मैले काम सुरुगरेको थिएँ, त्यसवेला जनप्रतिनिधीहरुविच विवाद भयो, अहिले प्रसाशकिय अधिकृत नियमित नहुँदा नगरसभा गर्न सकिएको छैन ।’
दशैं अघिनै प्रसासकिय अधिकृत रामजुकुमार दास आए लगतै नगरसभाको तयारी गर्न भनेपनि उनले नगरसभा गर्ने तत्परता नदेखाएकाले नगरसभा हुन सकेन । उनी कार्यालयमा जानकारी नै नगराई मंसिरमा हिडेपछि हाम्रो नगरसभा झन पर सरेको उनले बताए ।
‘अव हामीले प्रसाशकिय अधिकृत माँग गरेका छौं, आउने वित्तिकै नगरसभा गराउँछौं, अध्यक्ष यादवलेभने, ‘अव चाँडै नगरसभा हुन्छ ।’
यो गाउँपालीका गठन भएपनि एक पटक मात्र समयमै नगरसभा सम्पन्न भएको त्यहाँ कार्यरत एक कर्मचारीले जानकारी दिए । उनलेभने, ‘ यहाँ जनप्रतिधी बीच नै राम्रो तालमेल छैन, त्यसैले समयमा नगरसभा हुन सकिरहेको छैन, कहिलेकाही कर्मचारीले पनि चलखेल गर्नेगर्र्र्दा समय तलमाथि पर्न गएको हो ।’
यहाँका जनप्रतिनिधी असारमा विकास गर्न पल्केकाले पनि यस्तो भएको ती कर्मचारीको भनाई रहेको छ ।