मुकेश कुमार यादब सिरहा ०४ पुस । तराईमा केही दिन देखिको शितलहरका कारण तराई मधेसको जनजीवन असाध्यै कष्टकर बनदैगैइरहेको छ । सिरहाको गोलबजार नगरपालिका वडा नं. १० धोवियाधारमा रहेका करिब ४० घरपरिवारको मुसहर बस्तिको जनजीवन जाडोले प्रभावित भएको हो ।IMG20191221091309 सिरहा पूर्व–पश्चिम राजमार्गबाट करिव ५ किलोमिटर उत्तर चुरे क्षेत्रमा रहेका सदाय बस्तिनै आत्याधिक जाडोले कठ्याङ्ग्रिएको छ । हुस्सु र शितलहरले तराइनै चिसिएको बेला यहाँका विपन्न मुसहरहरुको अवस्था दिनानुदिन अझै दर्दनाक भइरहेकोछ । सदाय बस्तिका शिवु सदाले तीन छोरी र श्रीमति सहित पाँच जनाको परिवार खरले बारेको छाप्रोमा वस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र उनीहरुको ओछ्यान चिसो भुईमा पराल र ओड्ने पातला कपडाले मात्र रात बिताउनु पर्ने बाध्यता रहेको शिवु बताउँछन् ।DHOBIYA DHAR 3 छोरा छोरीपनि चिसिएर आधिरातमै उठेपछि न्यानो बनाउने उपाय भनेकै आगो रहेको लालदेव सदा बताउँछन । लालदेव मात्र हैन बस्तिका सवैजसो सदायको अवस्था उस्तै छ । एक छोरी र दुई छोरा सहित ५ जनाको परिवार रहेका बुधनी सदाय बाँसका किल्लाहरुमा उभ्याइएका खरले छाएको छाप्रोमा बस्छन् । घरभित्र पुराना कपडा र राती ओछ्याउने परालमात्र छ । श्रीमान दिनभरी अरुको घरमा काम गर्ने र उत्तै रक्सिले मातिएर बस्ने भएकाले उनको परिवार एक्लो बुधनीको कमाईले चलेको छ । एक्लोे कमाईले उनले न राम्रो घर बनाउन सकेको छ नत न्यानो कपडाकै जोहो गर्न सकेका छैन् । 130767641_226725552301534_1156316768730760015_n चुनावका बेला विभिन्न सपना बाडेका नेताहरु शितलहरको शास्ति खेपिरहेको बस्तिमा कहिल्यै देखा पर्दैनन् । स्थानिय तहको निर्वाचनको वेला नेकपाका उम्मेदवार देवनारायण महतो लगायतका नेताहरुले सदायहरुको घर बनाइदिन्छु ,रोजगारीको व्यवस्था गर्ने लगायतका सपनाहरु बाडे तर वडा अध्यक्षमा निर्वाचित भएको तिन वर्ष बित्यो अहिले सम्म फर्केर आएका छैनन । मुसहरहरुलाई सबै नेताले भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने गरेको राम्रोसँग बुझेको बताउँछन् । जाडोले बस्तिका बालबालिका तथा वृद्धवृद्धा अप्ठ्यारोमा परेको भएपनि अझैसम्म कसैले केही सहयोग नगरेको हेमकुमार सदायले दुःखेसो पोखे । सिरहाको विभिन्न चार सय स–साना टोलमा गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरुको बसोबास रहेको छ । यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ र आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय प्रत्येक वर्ष विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आइरहेका छन् । हाल सम्म सिराहामा चिसोले कठ्यांग्रिएर चारजनाको मृत्यु भएको छ चन्ने चिसोबाट जोगिन घुर ताप्ने क्रममा चारजना गम्भीर घाइते भएका छन्।130836342_378721336766736_4361825172173365010_n 130863821_390948252117805_8067597096614018043_n 130851458_212145443849941_4804834117271455125_n 130770799_403772177435225_7933716605930762929_n