गमक पोष्ट समाचारदाता

सिरहा, १ पुस । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले शिक्षामा राजनीतिक नगर्न सुझाव दिएका छन् । जनता प्राविधिक नमुना माध्यमिक विद्यालय, गोलबजार ८, चोहर्वाको सूचना, सञ्चार तथा प्रविधि ९क्ष्ऋत्० प्रयोगशालाको उद्घाटन गर्दैै विद्यालयलाई राजनीतिक अखडा नवनाउन अनुरोध गरेका हुन् ।
उनले भौतिक पूर्वाधार सँगै शैक्षिक गुणस्तमा पनि विकास गर्नुपर्ने बताए । उनलेभने जिल्लाको सुगम तथा भौतिक पूर्वाधारका हिसावले सुविधा सम्पन्न यो विद्यालयलाई नमुना घोषणा गरिएको छ, यसलाई शैक्षिक रुपमा पनि नमुना बनाउनुहोस्, मैले गर्नुपर्ने सवैखालको सहयोग गर्न तयार छु ।’
मन्त्री श्रेष्ठले विद्यालयमा समिति बनाउँदा होस्, या शिक्षक सरुवा गर्दा आफ्नो पार्टीको, जातको वा समूदायको हेर्ने चलन अझै रहेको भन्दै दक्षता पहिचान गर्न पनि सुझाव दिए । उनलभने, ‘हामी समिति बनाउँदा पनि भिजन नभएका, पढलेख नगरेकालाई बनाउने, शिक्षक सरुवामा पनि आफन्त, पार्टीको मान्छे खोज्ने चलनको अन्त्य हुनुपर्छ ।’
उद्धाटन कार्याक्रममा नगरप्रमुख देवनाथ साह लगाएतको उपस्थिति रहेको थियो ।